×

NMB BANK
NIC ASIA

२०७२ मा संविधानसभाबाट संविधान जारी गरेको भोलिपल्टै ४ असोजमा रुसले सार्वभौम स्वतन्त्र राष्ट्रका रूपमा नेपालले जारी गरेको संविधान उत्कृष्ट रहेको भन्दै स्वागत गर्‍यो ।

Muktinath Bank

६३ वर्षअघि सन् १९५६ को जुलाइमा नेपालसँग दौत्य सम्बन्ध कायम गरेको टाढाको छिमेकी रुसले नेपालको संविधानलाई तत्कालै स्वागत गर्नुलाई त्यतिबेला संविधान निर्माणको सफलतासँग जोडेर हेरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले नेपालको संविधानलाई स्वागत गर्न नचाहेको अवस्थामा भारतको निकै ठूलो व्यापारिक र सैन्य साझेदार रुसले तत्कालै स्वागत गर्नु र नेपालसँग सहकार्य गर्न तयार रहेको अभिव्यक्ति दिनु नेपालको ठूलो कूटनीतिक सफलता थियो । राजनीतिक र आर्थिक हिसाबले रुस नेपालको टाढाको छिमेकी भएपनि रुसले आफूलाई नेपालको 'दु:खको साथी' रहेको प्रामाणित गरेको छ । 


Advertisment
Nabil box
Kumari

संविधान निर्माणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको स्थायी र शक्तिशाली सरकारले अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

एक महिनाअघि चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई झन् दह्रो बनायो । दक्षिणी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पटक-पटकको नेपाल भ्रमणले नेपालको भू-सामरिकसँगै आर्थिक र राजनीतिक महत्त्वलाई थप प्रष्ट पारेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को गए । परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार रुसी समकक्षी सेर्गेई लाभरोभसँग मस्कोमा औपचारिक वार्ता गरेका थिए । 

मस्कोमा रुसी समकक्षीसँगको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निम्तो हस्तान्तरण गरे । यससँगै नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण हुने चर्चा चल्यो । यद्यपि नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले दिएको निम्तोको सकारात्मक जवाफ अहिलेसम्म आइसकेको छैन । 

'हामीले यो निम्तोलाई सकारात्मक रूपमा ग्रहण गरेका छौ,' निम्तो पाएपछि पत्रकार सम्मेलनमा कूटनीतिक जवाफ दिँदै रुसी विदेशमन्त्री लाभरोभले भने, 'भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरौंला ।'

पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले नेपाल दक्षिण एसियाको पुरानो साथी भएको टिप्पणी गरेका थिए । नेपाल र रुसबीच ऊर्जा, सुरक्षा र पर्यटनका क्षेत्रमा सहयोग भइरहेको र त्यसलाई थप उचाइमा पुर्‍याउन रुस प्रतिबद्ध रहेको उनको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा नेपालमा स्थायी र बलियो सरकार रहेको र यही परिस्थितिमा नेपाल-रुसबीचको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

विदेशमन्त्री लाभरोभको सकारात्मक प्रतिक्रियाले नेपाल सरकार हौसिएको छ । 

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले रुसी राष्ट्रपति पुटिन आउनेमा आफू आशावादी रहेको बताए ।

नेकपाका केन्द्रीय समिति सदस्य तथा तत्कालीन माओवादीका विदेश विभागका सदस्य युवराज चौलागाईंले आफू रुसी राष्ट्रपतिको नेपाल भ्रमण हुनेमा ढुक्क रहेको बताए ।

लोकान्तरसँग कुरा गर्दै चौलागाईंले भने, 'नेपालको अन्तर्राष्ट्रिय एक्सपोजर बढिरहेको छ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण त्यसको उत्कर्ष थियो । अब हामी अझै अगाडि बढ्नुपर्छ । संसारको महाशक्ति मानिने देश रुसका राष्ट्रपति पुटिनको नेपाल भ्रमण गराउन सकियो भने नेपालको अन्तर्राष्ट्रिय छवी झन् उच्च हुनेछ ।'

चौंलागाईले नेपाल-रुस सम्बन्धमा धेरै आयामहरू रहेको बताए । द्विपक्षीय सहकार्य र सम्झौता कस्तो हुनुपर्छ भन्ने विषय अहिलेसम्म बहसकै विषय रहेको र सरकार पूर्ण तयारीका साथ अघि बढ्नुपर्ने उनको सुझाव छ । 

परराष्ट्रविद् तथा रुसका लागि नेपालका पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार रुसका लागि दक्षिण एसियाको सानो देश नेपाल धेरै पहिलादेखि प्राथमिकतामा छ ।

'बीचमा आफ्नै कारणले नेपालसँगको सम्बन्ध अघि बढाउन रुस असमर्थ बनेको थियो । अहिले दुवै देशमा अनुकूल वातावरण बनेको छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'बदलिएको परिस्थितिमा राष्ट्रपति पुटिनको चाहनामा  नेपाल भ्रमण रहेको नकार्न सकिँदैन ।'

नेपाल–रुस द्विपक्षीय भ्रमणको इतिहास 

२०१७ को सेप्टेम्बरमा सर्वोच्च अदालत तत्कालीन प्रधानन्यायाधिश गोपाल पराजुलीले रुसको भ्रमण गरेका थिए । त्यसभन्दा अगाडि सन् २०१६ को नोभेम्बरमा तत्कालीन सभामुख ओनसरी घर्तीले रुसको भ्रमण गरिन् । घर्ती रुसका समकक्षी भ्यालेन्टाइना मत्भीएन्कोको निमन्त्रणामा त्यहाँ पुगेकी थिइन् । 

त्यस्तै सन् २०११मा तत्कालीन उपप्रधानमन्त्रीसमेत रहेका परराष्ट्रमन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरे । गैरआवासीय नेपालीहरूको छैठौं क्षेत्रीय सम्मेलनमा भाग लिन यादव रुस पुगेका भएपनि उनले त्यहाँका तत्कालीन उपविदेश मन्त्री आन्द्रे देनिसोभसँग भेट गरेका थिए । 

त्यस्तै २०१० को अक्टोबरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसको भ्रमण गरे । विश्व बाघ सम्मेलनमा भाग लिन रुस पुगेका नेपालले रुसका राष्ट्रपति पुटिनलाई भेटेका थिए । 

सन् २००५ मा शाही शासनको बेलामा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालमा राजाले चालेको कदमको पक्षमा समर्थन जुटाउन रुसको भ्रमण गरेका थिए । यद्यपि त्यतिबेला उनको भ्रमण विवादित बन्यो । उनले नेपाल फर्केर रुसले तत्कालीन राजाले चालेको कदमको समर्थन गरेको अभिव्यक्ति दिएका थिए । तर भ्रमणपछि रुसले जारी गरेको विज्ञप्तिमा नेपालको शाही शासनलाई समर्थन गरेको कुरा उल्लेख गरिएन । 

त्यसभन्दा अगाडि स्वर्गीय राजा विरेन्द्र र महेन्द्रले पनि रुसको तत्कालीन सोभियत संघको भ्रमण गरेका थिए । विरेन्द्रको भ्रमणपछि राष्ट्रप्रमुखको हैसियतले नेपालबाट कसैको पनि रुस भ्रमण भएको छैन ।

 

परराष्ट्र मन्त्रालयले जनाएअनुसार रुसका तर्फबाट नेपाल भ्रमण जम्मा तीनपटक भएको छ ।

रुसी विदेश मन्त्रालयको तेस्रो एसियाली विभागका निर्देशक ग्लेब ए इभासन्तोभले २००३ मा नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यो भन्दा अगाडि सन् १९९२ मा रुसका उपविदेशमन्त्री गोर्जी एफ कुन्दाजेले नेपालको औपचारिक भ्रमण गरेका थिए । 

सन् १९६० मा तत्कालीन सोभियत युनियनका तर्फबाट प्रेसिडेन्ट मार्शल भोरोसिलोभले नेपालको राजकीय भ्रमण गरेका थिए ।

होला त पुटिनको भ्रमण ?

केही दिनअघि नेपालका लागि नयाँ रुसी राजदूत एलेक्से ए नोभिकोभले जङ्गी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरे ।

भेटवार्तामा केही सहमति भयो कि भएन भन्ने जंगी अड्डाले खुलाएको छैन । तर यसलाई राष्ट्रपति पुटिनको नेपाल भ्रमण सन्दर्भसँग जोडेर हेर्न मिल्ने सैनिक स्रोतले लोकान्तरलाई बतायो । 

'नेपाल आउन पुटिन स्वयंले चासो देखाएको जस्तो देखिन्छ,' सैन्य स्रोतको दाबी छ, 'दक्षिण एसियामा राजनीतिक रूपमा बलियो, स्थीर र आर्थिक रूपमा विकसित देश नेपालसँग द्विपक्षीय सम्बन्धको विस्तार गर्न रुस तयार रहेको सन्देश राजदूतले दिएका छन् । निकट भविष्यमै उच्च राजनीतिक भ्रमण हुने सम्भावना देखिन्छ ।'

रुसी राष्ट्रपति पुटिनको सम्भावित नेपाल भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आधारभूत तयारी थालिसकेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, 'परराष्ट्रमन्त्रीले राष्ट्रपतिको निम्तो हस्तान्तरण गर्नुभएको छ, त्यो तयारीको पहिलो खुड्किलो हो । निम्तो मात्र दिएर भएन, हामी आउँछौं भनेर उताबाट जवाफ आयो भने के गर्ने ? त्यसैले हामीले तयारी थालेका छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x