×

NMB BANK
NIC ASIA

स्वास्थ्य अवस्थामा सुधार आइसकेपनि प्रधानमन्त्री ओली आइसीयुमै, संक्रमणको जोखिम कायमै

मंसिर १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि थप संक्रमणबाट हुन नदिन आइसीयुमै राखिएको छ ।

Muktinath Bank

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको तर थप संक्रमण हुन सक्ने अवस्थालाई ध्यानमा राखेर मेडिकल टीमले आइसीयुमै निगरानीमा राखेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'मैले बिहान भेटेको थिएँ, उहाँ सामान्य हुनुहुन्छ,' थापाले लोकान्तरसँग भने, 'उहाँको अवस्था सामान्य भएपनि संक्रमणको जोखिम भएकाले आइसीयुमै राखिएको हो ।'


Advertisment
Nabil box
Kumari

थापाले केही डाक्टरहरूले प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा बाहिर अफवाह फैलाएको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीलाई सुभेच्छा दिनेहरूले अब अस्पताल नै नपुग्ने हुने गरी अनलाइनमै व्यवस्था गरिएको थापाले बताए । प्रधानमन्त्रीको वेबसाइटमै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सकिने व्यवस्था गरिएको छ ।

'यसअघि अस्पतालमा नै स्वास्थ्यलाभको पुस्तिका राख्ने चलन थियो,' उनले भने, 'अब त्यो चलन हटाएर डिजिटल रूपमै स्वास्थ्यलाभको कामना गर्न सकिने भएको छ । अस्पतालमा धेरैको भीड हुने भएकाले यस्तो व्यवस्था गरिएको उनको भनाइ थियो ।'

प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना दिन चाहनेहरूले यहाँ क्लिक गरेर आफ्नो शुभकामना लेख्न सक्नेछन् ।

शुक्रवारसम्म प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाको बारेमा दिनको दुईपटक प्रेस नोट दिने व्यवस्था थियो । शनिवारबाट त्यो हताइएको छ । 'अहिले उहाँ सामान्य हुँदै जानुभएको छ, आवश्यक पर्यो भने प्रेस नोटमार्फत जानकारी गराइन्छ,' थापाले भने, 'हिजो डाक्टरहरूले पत्रकार सम्मेलन नै गरेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा सबै बताइसक्नुभएको छ । अब पहिलाजस्तो बिहान बेलुका उहाँको स्वास्थ्यअवस्थाबारे विज्ञप्ति आउँदैन ।'

प्रधानमन्त्रीको पेट दुखेपछि मंगलवार बिहान  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर ल्याइएको थियो । एपेन्डिक्समा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरियो । त्यसपछि उनलाई आइसीयुमा राखिएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरू पुगेका थिए । शुक्रवार प्रचण्डले भेटेर केही समय कुराकानी पनि गरे । तर संक्रमण हुने जोखिम भएकाले कतिपय शुभेच्छुकहरू डाक्टर, परिवारका सदस्य र सचिवालयका सदस्यबाट स्वास्थ्यस्थितिको जानकारी लिएर फर्किने गरेका छन् ।

मृगौलाको नियमित डायलासिस गराइरहेका प्रधानमन्त्री ओलीको शल्यक्रियापछि पनि २ पटक डायलासिस भइसकेको छ । शुक्रवार बिहान भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणका लागि तयारी भइरहेको बताएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x