कात्तिक १९, २०८०
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
मंसिर १४ गते भएको उपनिर्वाचनमार्फत् चेतनशील र जागरुक नागरिकले आफ्नो विवेक प्रयोग गरेका छन् ।
उपनिर्वाचनमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे २ वर्ष र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको दुई वर्षपछि बदलिँदो जनमतको बिम्ब देखिएको छ ।
एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य, एक उपमहानगरपालिका प्रमुख र तीन गाउँपालिका अध्यक्ष तथा एक उपाध्यक्ष र वडामा गरी ५२ स्थानमा भएको उपनिर्वाचनमार्फत सत्तारुढ नेकपाले ३० सीटमा जीत हात पारेको छ ।
नेकपाले एक प्रदेश सभा सदस्य र एक मेयर गुमाउँदा दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा नतिजा उल्ट्याएको छ । अर्को एक गाउँपालिका अध्यक्षमा नेकपाले साख जोगाएको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसले वामपन्थी गढ मानिएको धरानमा मेयर र भक्तपुरमा एक प्रदेश सभा सदस्यको सीट हात पारेको छ ।
चितवनको भरतपुर तथा खैरहनी नगरपालिकाका वडामा चुनाव जितेर कांग्रेसले आत्मबल उच्च बनाएको छ ।
मधेश केन्द्रित दलले औसत नतिजा निकाल्दा आफूलाई वैकल्पिक राजनीतिको धार भन्न रुचाउने साझा, विवेकशील र पृथकतावादी राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका सीके राउको जनमत पार्टीले अपेक्षित भोट पाउन सकेनन् ।
शहरी क्षेत्र तथा सामाजिक सञ्जालमा मात्र केन्द्रित दललाई मतदाताले चिनेनन् ।
उपनिर्वाचन देशको बदलिँदो राजनीतिको मापन गर्ने मिनी जनमत संग्रह नै हो । उपनिर्वाचन सरकार र प्रतिपक्षी दलको नाडी छाम्ने अवसर पनि हो । यस अर्थमा जनताले आफ्नो सुझबुझपूर्ण विवेक प्रयोग गरेका छन्, मतदानमार्फत ।
मतदाताले सरकारको नेतृत्व गरेको दललाई धेरै नमात्तिन र जनताको पक्षमा काम गर्न सचेत गराएका छन् भने प्रतिपक्षी नेपाली कांग्रेसलाई अझ सुध्रिन सन्देश दिएका छन् ।
राजनीतिक दलले ताजा जनमतलाई आफूखुशी व्याख्या गर्न सक्छन्, तर मतदाताले अत्यन्त विवकेपूर्ण फैसला गरेका छन् । उपनिर्वाचनले दिएको सन्देश मनन गर्न सक्ने दललाई आवधिक निर्वाचनमा मतदाताले न्याय गर्नेछन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...