पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मंसिर १७, २०७६
रुस र सर्भियाको साताव्यापी भ्रमण सकेर गत शुक्रवार नेपाल फर्किएपछि विमानस्थलमा पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट भ्रमण निम्तो हस्ताक्षर गरेको जानकारी दिए ।
मस्कोमा रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निम्तो हस्तान्तरण गरेपछि नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण हुने चर्चा चलेको छ । यद्यपि नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले दिएको निम्तोको जवाफ अहिलेसम्म आइसकेको छैन ।
'हामीले यो निम्तोलाई सकारात्मक रूपमा ग्रहण गरेका छौ,' निम्तो पाएपछि पत्रकार सम्मेलनमा कूटनीतिक जवाफ दिँदै रुसी विदेशमन्त्री लाभरोभले भने, 'भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरौंला ।'
पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले नेपाल दक्षिण एसियाको पुरानो साथी भएको टिप्पणी गरेका थिए । नेपाल र रुसबीच ऊर्जा, सुरक्षा र पर्यटनका क्षेत्रमा सहयोग भइरहेको र त्यसलाई थप उचाइमा पुर्याउन रुस प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा नेपालमा स्थायी र बलियो सरकार रहेको र यही परिस्थितिमा नेपाल-रुसबीचको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । विदेशमन्त्री लाभरोभको सकारात्मक प्रतिक्रियाले नेपाल सरकार हौसिएको छ ।
संविधान निर्माणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको स्थायी र शक्तिशाली सरकारले अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिन्छ ।
एक महिनाअघि चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई झन् दह्रो बनायो । दक्षिणी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पटक-पटकको नेपाल भ्रमणले नेपालको भू-सामरिकसँगै आर्थिक र राजनीतिक महत्त्वलाई थप प्रष्ट पारेको छ । रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमण गराउन सके आफ्नो कूटनीतिक सफलता थप उचाइमा पुग्ने सरकारको बुझाइ छ ।
यससँगै नेपालभित्रै आयोजना हुने विभिन्न कूटनीतिक फोरमहरूले पुटिनको सम्भावित भ्रमण सन्दर्भले स्थान पाउन थालेको छ । अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले पुटिनको सम्भावित नेपाल भ्रमणलाई विभिन्न कोणबाट व्याख्या गर्न शुरू गरिसकेका छन् ।
परराष्ट्रविद् तथा रुसका लागि नेपालका तर्फबाट राजदूत रहिसकेका हिरण्यलाल श्रेष्ठले पुटिनले नेपाल भ्रमण गर्नका लागि अहिलेको समय एकदम उपयुक्त रहेको दाबी गरे । लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले रुस नेपालको पुरानो र घनिष्ठ मित्रराष्ट्र भएको टिप्पणी गरे ।
'निर्भरतामा विविधिकरण' गर्नका लागि पनि नेपालले रुससँगको सम्बन्धलाई अझ गाढा बनाउनुपर्ने भन्दै श्रेष्ठले पुटिनलाई नेपाल भ्रमण गराउन अहिलेको परिस्थितिगत मौका छोप्नुपर्ने सुझाव दिए ।
प्रस्तुत छ, श्रेष्ठले लोकान्तरसँग श्रेष्ठले व्यक्त गरेको विचारको सम्पादित अंश -
पुरानो मित्रदेश
रुस हाम्रो पुरानो मित्रदेश हो । उच्चस्तरीय भ्रमण नगराएको धेरै भयो । त्यसैले राष्ट्रपति पुटिनलाई निमन्त्रणा गर्नु उचित छ ।
हाम्रो ब्यूरोक्र्याट्स र पोलिटिकल लिडर अमेरिका जान पाए राम्रो मान्ने र उतैतिर जान खोज्ने । अब रुस त हामीलाई अहिले आपतविपत परेको बेला भारतलाई पनि सम्झाउन सक्ने देश हो, सीमानाका कुरामा । बुद्धिज्मप्रति पनि इन्ट्रेस्ट छ पुटिनको ।
अमेरिकाले पर्यावरण सन्धिबाट हात झिक्यो नि, यस्तो बेला पेरिस एग्रिमेन्टलाई लागू गर्नुपर्छ भन्नेमा पुटिन छन् । हामीले सगरमाथा संवाद भनेर गर्दैछौं, त्यो कार्यक्रमका लागि साह्रै उचित मान्छे हुन् पुटिन ।
उनलाई दिएको निमन्त्रणा समयअनुकूल छ । यो फलदायी भ्रमण हुन्छ । नको भ्रमणलाई सफल पार्नुपर्छ । नेपाली जनता उनलाई स्वागत गर्न आतुर छन् ।
अन्तर्राष्ट्रिय एक्पोसजर बढ्छ कि नेपालको शक्तिसन्तुलन बिग्रन्छ ?
शक्तिसन्तुलन बिग्रने कुरै छैन । हामी एउटाको पल्लामा बस्ने हो र ? दुईवटाको पल्लामा पनि बस्नु हुँदैन । जस्तै चीन र भारत मिलेर लिपुलेक खाएको इतिहास छ नि हामीसँग ।
यो विश्वमा हामीले हाम्रा जति पनि मित्रराष्ट्र छन्, उनीहरूसँगको सम्बन्धलाई त्यही ढङ्गबाट अघि बढाउनु पर्छ । हामीले हाम्रो परराष्ट्र नीति जति धेरै सक्यो उति धेरै देशसँग सम्बन्ध जोड्ने खालको बनाउन सक्नुपर्छ ।
निर्भरताको सम्बन्धमा विविधिकरण आओस्, दुईवटा देशको पोल्टाभित्र मात्र जाकिइरहनु नपरोस् ।
त्यसैले रुस, अमेरिका, जापान, इयू लगायत संसारका सबै नेपाललाई सहयोग गर्न चाहने देशहरूसँग सम्बन्ध राखेर अघि बढ्नुपर्छ ।
सम्बन्धको विविधिकरण र विस्तार गर्नुपर्छ । यसकारण पुटिनलाई नेपाल बोलाउनु साह्रै उपयोगी हुन्छ ।
भारतलाई पनि सम्झाउन सक्ने देश !
भारत र रुसको ठूलो सम्बन्ध छ, त्यसैले पुटिनलाई बोलाएर भारतलाई सम्झाउन लगाउन सक्छ नेपालले । रुसले २०७२ सालमा बनेको नेपालको संविधानको समर्थनमै वक्तव्य निकाल्यो ।
रुस नेपालमा नेपालको स्वतन्त्रतालाई सम्मान गर्छ, सार्वभौमसत्तालाई सम्मान गर्छ ।
अहिले बीआरआईमध्येको रेल आउँदै छ नि, रुसलाई पनि हाम्रो नजिक बनाउने बाटो हो त्यो । त्यसैले अब हामीले रुसलाई समेत समावेश गराएर व्यापार, पर्यटन बढाउने, साइवेरियाबाट सिधै तिब्बतको आकाश हुँदै नेपालमा जहाज आयो भने त्यसले रसियन बुद्धिस्ट टुरिस्टलाई ल्यायो भने रसियन इन्भेस्टमेन्ट पनि बढ्न सक्छ ।
नेपालमा भारत र चीन दुवैको रेल १५ वर्षभित्रमा आउँछ । अनि त्यसको अर्थ के भन्दाखेरि रुस, जापान, युरोप लगायत मल्टीनेसनसँग नेपालले व्यापार गर्न पाउँछ । त्यसले संसारको सबैभन्दा ठूलो बजारसम्म नेपालको पहुँच बढाउँछ । चीन र साउथ एसिया, त्यो जोड्ने कडी त नेपाल नै हुन्छ । त्यसैले पुटिनको सम्भावित नेपाल भ्रमण बहुआयामिक छ इन्भेस्टमेन्टको हकमा ।
रुससँग गर्न सकिने ठोस सम्झौता
नेपालमा पूर्व पश्चिम राजमार्गको पहिलो सर्भे गर्ने र रेल ल्याउने कुरामा मद्दत गर्छु भन्ने देश रुस हो । नेपालले वास्ता नगरेको हो । यहाँ कमिसन नपाउने, खान नपाउने भनेर त्यसलाई यहाँका मान्छेहरूले वास्ता गरेनन् ।
त्यसैले अहिले चीनले दक्षिण ल्याउने रेल, इन्डियाले आफ्नो देशबाट उत्तरतर्फ ल्याइदिने, रुसले पूर्वपश्चिम बनाइदियो भने त सक्किहाल्यो नि ! त्यसैले हामीले हाम्रो विकासका लागि निर्भरतामा विविधिकरण गर्ने गर्नुपर्छ ।
हामीले माग्ने मात्र होइन, द्विपक्षीय हितका बारेमा सोच्नुपर्छ
माग्ने विचार छोड्नुस न । हामीसँग सम्बन्ध बढाउने हो भने रुसलाई पनि त फाइदा हुन्छ नि ! दक्षिण एसियाको मार्केट उसले पनि हेरेर बसेको छ । त्यसलाई नेपालमार्फत जोड्ने सकियो भने उसलाई पनि फाइदा हुँदैन र ?
त्यसैले व्यापार, पर्यटन, सांस्कृतिक सम्बन्ध बढाउन सकिन्छ । रचनात्मक सन्धि सम्झौता हुने ठाउँहरू धेरै छन् । हामीले त्यसका लागि तयारी गर्नुपर्छ, नेपाल रुस सम्बन्धलाई ।
नेपालको मुस्ताङलगायत कतिपय ठाउँमा युरेनियम छ भन्ने कुरा पनि छ । हाम्रो रिसोर्स छ, त्यसको किन प्रोसेस नगर्ने ? नेपालमा न्युक्लियर पावर स्टेसन पनि बनाउन सकिन्छ, इनर्जीका लागि । अरूलाई बेच्न पनि सकिन्छ । हामीले अर्बौं रुपैयाँ कमाउने रिसोर्सको उपयोग गर्नलाई किन नसोच्ने ?
पुटिनको पनि चाहनामा नेपाल भ्रमण
नेपालले पनि खोजेको छ, उनले पनि चाहेका छन् । पुटिनले भारत र चीन दुवै मार्केटमा खेल्न चाहन्छन् नि ! किन भन्दाखेरि भारतको पनि साथी, चीनको पनि साथी । रुस आयो भने भारतले पनि अब्जेक्सन गर्न सक्दैन, चीनले पनि अब्जेक्सन गर्न सक्दैन । हामीले पनि ठूलो–ठूलो प्रोजेक्ट लागू गर्न सकिन्छ ।
नेपाल भ्रमणको सम्भावना अत्याधिक !
नेपालमा स्थीर सरकार छ, विकासलाई प्राथमिकता दिएको छ । रसियनहरू नेपाललाई हेलिकप्टर बेच्नेदेखि लिएर युरेनियम प्रशोधन र इस्ट वेस्ट ट्रेन बनाउनेसम्म धेरै क्षेत्रमा उनीहरूको सहयोग हुने सम्भावना छ । यस्तो अवस्थामा उनीहरूले पनि नेपाललाई एक्सप्लोर गर्नुपर्छ र हामीले पनि पुटिनलाई ल्याउन भूमिका खेल्नुपर्छ । मेरो विचारमा उनी आउने सम्भावना धेरै छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...