×

NMB BANK
NIC ASIA

अमेरिकी राजदूतसामु मुख्यमन्त्रीको गुनासो : कर्मचारीले सुशासन ल्याउन दिएनन् !

मंसिर १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुन नसक्ने बताएका छन् ।

Muktinath Bank

अमेरिकी राजदूतावासको सहयोग र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा स्थानीय सरकारका पदाधिकारीलाई सुुशासन सम्बन्धी ३ दिने तालिमको उद्घाटन समारोमा उनले व्यवस्था बदलिए पनि कर्मचारी तन्त्रको सोच नबदलिएका कारणले परिवर्तनको अनुभूति नागरिकले गर्न नसकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुशासन शब्दमा भन्दा पनि व्यवहारमा सुन्दर देखिन्छ, कर्मचारी तन्त्रले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सकेनन्,’ उनले भने । संघीय संरचनामा प्रभावकारी कार्य सञ्चालनका लागि स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समितिमार्फत प्रदेशका ८५ स्थानीय तहमा एकरुपता ल्याउने अभ्यास गरेको उनले बताए । स्थानीय प्रतिनिधिले पारदर्शी रुपमा आफ्नो जिम्मेवारी निभाउन सके नागरिकले सुशासनको प्रत्याभूत गर्नेसक्ने उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

उनले प्रभावकारी कार्यपद्दतिका लागि स्थानीय तहलाई सशक्तिकरण गर्न प्रदेशले भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले आर्थिक स्रोत र साधनको सदुपयोग गर्ने राजनीतिक नेतृत्व उत्तरदायी, जवाफदेही र पारदर्शी हुनुपर्ने बताए । समृद्धिको जग बलियो बनाउन स्थानीय सरकारका पदाधिकारी अझ बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

अमेरिकी राजदूतावासका प्रवक्ता एण्डीले सुसभ्य समाज र विकसित समाजका लागि सुशासन महत्त्वपूर्ण पाटो भएको बताए । यसका लागि स्थानीय सरकार सञ्चालनमा सुशासन तालिम महत्त्वपूर्ण हुने उनले भनाइ राखे ।

नेपाल उद्योग वाणिज्य संघका गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले सुशासन र आर्थिक विकासका लागि निजी क्षेत्र सधैं सरकारलाई सघाउन तयार रहेकाले स्थानीय तहले जनताको हितमा पारदर्शीरुपमा काम गर्न सुझाव दिए ।

३ दिनसम्म चल्ने तालिमको अमेरिकाको मेरील्याण्ड डेपुटी मेयर किरण सिटौला लगायतले सहजीकरण गर्नेछन् । तालिममा २५ गाउँपालिका उपप्रमुखको सहभागिता रहेको पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x