×

NMB BANK
NIC ASIA

विभिन्न ३६ विधामा रिद्धिसिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुँदै

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धिसिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ ।

Muktinath Bank

महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलनमार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्‍याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरूलाई अवार्ड कार्यक्रममार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।


Advertisment
Nabil box
Kumari

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्धिसिद्धि सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । अवार्डमा जगदम्बा स्टिल्स र केस कन्स्ट्रक्सन इक्विप्मेन्ट पाउरड बाई विधामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Vianet communication
Laxmi Bank

नेपाल सरकारका अन्य मन्त्रीहरू, सचिवहरू, विभिन्न विभागका महानिर्देशकहरू सहित देशभरबाट आएका निर्माण व्यवसायीहरूको पनि कार्यक्रममा उपस्थिति रहने अध्यक्ष सिंहले जानकारी दिनुभयो । अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति’ गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए ।

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म /कम्पनी प्रदेशगत रूपमा पुरस्कृत हुने भएका छन् । 

विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ । 

नेपाल भरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ । निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ । 

निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने  टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसै वर्षदेखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरूलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईंले जानकारी दिए ।

यसैबीच महासंघले मंसिर २२ गते आइतबार विहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरि सहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ । 
प्रभात फेरि कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्री मोहमद इस्तियाक राई रहनु हुने महासंघले जनाएको छ । साथै सोही अवसरमा महासंघको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिने भएको छ । 
प्रदेश महासंघ तथा सम्पूर्ण जिल्ला संघहरूमा समेत आइतबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिने महासंघको विज्ञप्तिमा उल्लेख छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x