मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हाम्रो शरीरमा रहेको विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्किने गर्छ । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ । यसले कालान्तरमा मूत्रनलीमा संक्रमणजस्ता विभिन्न समस्या निम्त्याउन सक्छ ।
कारण
पिसाबमा एसिडको मात्रा बढी हुनु, विभिन्न मूत्ररोग र यौनरोग लागेमा तथा गर्भावस्थामा समेत पिसाब पोल्ने गर्छ । साथै, गर्मीयाममा पिसाब पोल्ने समस्या हुने गर्छ ।
गर्मी याममा अन्य माध्यमबाट समेत शरीरबाट पानी बाहिर जान्छ । त्यसैले, शरीरबाट विषाक्त वस्तु बाहिर ल्याउन पानी प्रशस्त चाहिन्छ । यस्तो वेला शरीरमा पानीको मात्रा कम भएमा समेत पिसाब पोल्ने गर्छ ।
पिसाबथैलीमा पत्थरी हुनु पनि पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै, मिर्गौलामा पत्थरी, मधुमेह, मेरुदण्डमा चोट, कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ । साथै, विभिन्न संक्रमका कारणसमेत पिसाब पोल्ने समस्या हुन सक्छ ।
कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रूपमा बाहिर नआउँदा समेत पिसाब पोल्ने गर्छ । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने गर्छ ।
परिणाम
पिसाब पोल्ने समस्या महिला र पुरुष दुवैमा हुने गर्छ । यद्यपि, पुरुषको तुलनामा महिलामा अझ बढी देखिन्छ ।
पाठेघरको मुख, मूत्रनलीजस्ता अंग एकै ठाउँमा हुने भएकाले संक्रमण छिटो फैलिन्छ ।
कतिपय महिलामा बाँझोपनको समस्या हुने खतरासमेत बढेर जाने गरेको पाइन्छ ।
गर्भ नरहने, रह्यो भने पनि तुहिने, अपांगता भएको बच्चा जन्मिने, छिटो वा समय नपुगी बच्चा जन्मिनेजस्ता खतरा हुने गर्छ ।
लक्षण
पिसाब पोल्ने समस्या भएमा मूत्राशयमा पीडा हुने, पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा पहेँलो हुने, पटक–पटक पिसाब लागिरहने, तर थोरै मात्र आउनेजस्ता समस्या हुने गर्छ ।
लामो समयसम्म उपचार नगरेमा जटिलता बढ्दै जाने गरेको पाइन्छ । बिस्तारै महिलाको पाठेघरमा असर गर्ने र पुरुषमा अण्डकोष सुन्निने समस्या हुन्छ ।
उपचार
शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन ।
यदि कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ ।
पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुन सक्ने भएकाले समयमै चेकजाँच गराएर उपचार गरिहाल्नुपर्छ । नत्र, पछि गएर पिसाब पोल्ने समस्या जटिल रोग बन्न सक्छ । नयाँ पत्रिकामा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...