×

NMB BANK
NIC ASIA

बुढ्यौलीमा आँखाको ज्योति फर्किएपछि छायो खुशीयाली

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक’ (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क बन्यो तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैं लागेको छ),’ केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाएका महोत्तरीको गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुशी हुँदै भने ।

Muktinath Bank

आँखामा मोतियाविन्दु भएर पछिल्ला ५/६ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका पासवान गत कात्तिक २७ गते शल्यक्रिया सम्पन्न भएयता भने अब आफैं हिँडडुल गर्न सक्ने भएका छन् । नसोचेको सुख बुढ्यौलीमा पाएको पासवानले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पासवानजस्तै जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्नाकी ७० वर्षीया जितनीदेवी थारू र औरही नगरपालिका–१ दलित बस्तीकी ६० वर्षीया चोल्हियादेवी महरासहित ८३१ जनाले गुमेको आँखाको ज्योति पछिल्ला १० महिनाबीचमा पाएका छन् । ‘कई साल सँऽअन्हारमें छली, जिनगी भारी लगैछल’ (कति वर्षदेखि अँध्यारै/अँध्यारो थियो, जिन्दगी नै गह्रंगो लाग्थ्यो)’ मेघनाथ गोरहन्नाकी जितनीदेवी थारूले भनिन्, ‘आब जिवके ललसा जागल, बुझायत अछि, जे दुनिंयाँहमरेसभक देखके लेल बनलअई’ (अब भने बाँचिरहने आस जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो) ।


Advertisment
Nabil box
Kumari

पछिल्लो पटक हिमालयन आई केयर फाउन्डेसन भक्तपुरको सहकार्यमा बर्दिवास आँखा अस्पतालले जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रिया सहितको निःशुल्क उपचारको प्रबन्धले अहिलेसम्म जिल्लाका ८३१ जनाले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका हुन् ।

Vianet communication
Laxmi Bank

‘आँइख नई देखै छली त कत्त छि ? कि खाइछि ? कोनो सुधी नई छल’ (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु, केही भेउ पाउँदैनथे) भंगाहा–८ धर्मपुरका आदिवासी बाँतर समुदायका दलित अगुवा ८० वर्षीय अनुपनारायण बाँतरले भने, ‘आब बर्दिवासके आँइख अस्पताल आँइखक पट्टी खोइल देलक, आब हरकुछके चाह सेहो बढल’ (बर्दिवासको आँखा अस्पतालले आँखाको जालो हटाइदियो, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो) ।

अनुपजस्तै सोही बस्तीकी ७५ वर्षीया जयादेवी बाँतरलाई पनि मोतियाविन्दुको शल्यक्रिया गरेपछि नयाँ जीवन शुरू भएको महसूस भएको छ ।

जिल्लाका ग्रामीण भेगका गरीब बस्तीमा मोतियाविन्दुका बिरामी बाक्लै भेटिएपछि उनीहरुको उपचारका लागि हिमालयन आई केयर फाउण्डेशनसँग सहकार्य गरेर गत मार्चदेखि हालसम्म ८३१ जनाको शल्यक्रिया गरिएको बर्दिवास आँखा अस्पतालले जनाएको छ । तीमध्ये ७५५ को मोतियाविन्दु र ७६ को आँखामा मासु पलाएको समस्या रहेको बर्दिवास आँखा अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताए ।

जिल्लामा आँखाका बिरामीको पहिचान गर्न गत मार्चयता हालसम्म विभिन्न ३७ ठाउँमा आँखा जाँच शिविर सञ्चालन गरिएको छ । शिविरमा जम्मा सात हजार ३५३ जनाको आँखा जाँच गरिएमध्ये १ हजार २४४ जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको अध्यक्ष पौडेलको भनाइ छ ।

शल्यक्रिया गरिनुपर्नेमा १ हजार ७९ मोतियाविन्दु, १४४ आँखामा मासु पलाएका र २१ जलविन्दुका बिरामी पाइएको अस्पतालले जनाएको छ । यो संख्यामध्ये ८३१ को शल्यक्रिया सम्पन्न भएर अब ४१३ जनाको शल्यक्रिया गर्न बाँकी छ । 

शल्यक्रिया सीटी आई केयर अस्पताल भक्तपुरमा कार्यरत आँखा चिकित्सक डा. लीलाराज पुरी, डा. अर्जुन श्रेष्ठ र डा. दीपक खड्काले बर्दिवास आँखा अस्पतालमा गर्दै आएका छन् । जम्मा १ हजारको शल्यक्रिया गरिने हिमालयन आई केयर फाउन्डेशनसँगको सम्झौताअनुसार त्यस्ता बिरामीको संख्या २४४ जनाले बढेको छ । निःशुल्क शल्यक्रियाका लागि सम्बन्धित स्थानीय तह र अन्य सहयोगी निकायको खोजी भइरहेको बर्दिवास आँखा अस्पतालले जनाएको छ ।

यसबीचमा शिविरमा भेटिएका सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको र शल्यक्रिया गरिनुपर्नेलाई भने उनीहरुको ल्यावटेष्ट, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । यस अवधिका लागि छानिएका बिरामीको यही डिसेम्बर महिनाभित्रै शल्यक्रिया गरिने अस्पतालका अध्यक्ष पौडेल बताउँछन् । – गोपालप्रसाद बराल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x