फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
१३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् । पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका छन् ।
नेपालले सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेको आफ्नै इतिहास पनि तोडेको छ । २० वर्षअघि आठौँ सागमा घरेलु मैदानमै ३१ स्वर्ण जितेको नेपालले १३औँ संस्करणको पाँचौँ दिनमै ३७ स्वर्णसहित नयाँ इतिहास रचेको हो ।
आफैँले स्थापना गरेको सागमा स्वर्णमा शतकको सफलता पनि नेपालले जारी संस्करणबाटै प्राप्त गरेको छ । सन् १९८४ मा भएको पहिलो संस्करणमा धावक वैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । तर, स्वर्णसंख्या सय पुर्याउन नेपाललाई ३५ वर्ष लाग्यो । जारी प्रतियोगिताको चौथो दिन तेक्वान्दोका सक्षम कार्कीले ८७ केजी तौल समूहमा पाकिस्तानका वकार अलीलाई हराउँदै स्वर्ण पदक सय पुर्याउने कीर्तिमानमा आफ्नो नाम लेखाए ।
तीन वर्षअघि भारतमा भएको १२औँ प्रतियोगितामा तीन स्वर्ण मात्रै लिएर फर्किएको नेपालले यसपटक अपेक्षा नगरेका खेलमा समेत कब्जा जमाएको छ । सागको तीन दशक लामो इतिहासमा पहिलोपटक पुरुष तथा महिला एथलेटिक्समा स्वर्ण जितेको छ । एथलेटिक्समा भारतीय र श्रीलंकन खेलाडी दाबेदार मानिन्थे । महिलातर्फ भारोत्तोलन र स्विमिङमा पनि पहिलोपटक स्वर्ण पाएको छ ।
स्वर्ण र समग्र पदकमा आठौँ साफमा नेपाल दोस्रो बनेको थियो । जारी संस्करणमा पनि अहिलेसम्म दोस्रो स्थानमै छ । नेपालले अहिले पदक बढी प्राप्त गर्नुमा खेलाडीको मिहिनेत नै मुख्य पाटो हो । तर, सँगसँगै अन्य पाटो पनि जोडिएका छन् । आठौँ साफमा १२ खेल मात्रै थिए, अहिले २४ खेल समेटिएका छन् । त्यतिवेला १०६ स्वर्णका लागि प्रतिस्पर्धा थियो, अहिले स्वर्ण संख्या ३२४ छ । प्रतिशतमा हेर्दा यसपटकको नतिजाले आठौँ संस्करणको सफलतालाई भेट्टाउन सकेको छैन । आठौँमा नेपालले कुल स्वर्णको ३० प्रतिशत जितेकोमा यसपालि अहिलेसम्म १३ प्रतिशत मात्रै समेटेको छ । धेरै खेल र पदक भएकाले पनि यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को छ ।
घरेलु मैदानमा बढी पदक बटुल्ने अर्को पनि कारण छ । सागमा आयोजक राष्ट्रलाई कुन खेल राख्ने वा नराख्ने अधिकार हुन्छ । यही अधिकार प्रयोग गरेर आयोजकले पदक जित्ने खेल राख्ने र आफू कमजोर भएको खेल हटाउनेसम्म गर्छन् । १२औँ संस्करणमा भारतले आफू कमजोर भएको कराते खेल समावेश नै गरेको थिएन । नेपालले पनि यसपटक आफ्नो राम्रो धरातल रहेको मार्सल आर्टका सबै खेल समावेश गर्यो । स्वर्णको ऐतिहासिक प्रदर्शनमा नेपाललाई मार्सल आर्टकै योगदान धेरै छ । तेक्वान्दोमा २९ मध्ये १२ स्वर्ण नेपालले फुत्किन दिएन । करातेमा पनि १९ मध्ये १० स्वर्ण आफैँ राख्न सफल भयो । आठौँ साफमा पनि तेक्वान्दो र करातेबाटै स्वर्ण संख्या ह्वात्तै बढाएको थियो । त्यस्तै नेपालले पदकको आशा गरेको उसुमा पाँच, साइक्लिङमा चार तथा एथलेटिक्स, ट्रायथलन, भारोत्तोलन, स्विमिङ र गल्फमा दुई/दुई स्वर्ण समेटेको छ । नयाँ पत्रिकामा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...