×

NMB BANK
NIC ASIA

चेलीले चम्काएको १३ औं साग, रच्यो इतिहास

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो। यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो। यसपटक सन्तोषीले त्यो दबदबा तोडिन्।

Sagarmatha Cement
Muktinath Bank

सन्तोषीले भारतीय धाविका कविता यादवलाई एक मिलिसेकन्डले उछिन्दै स्वर्ण हात पारेकी थिइन्। सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ०७.९४ सेकेन्ड र कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा पूरा गरेका थिए। ‘पहिलो सहभागितामै स्वर्ण पदक जित्छु भन्ने लागेको थिएन’, आफ्नो जितपछि २६ वर्षीया सन्तोषीले भनिन्, ‘कुनै न कुनै पदक जित्ने विश्वास भने थियो।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आयोजना भएको थियो। त्यसमा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। त्यो ओलम्पिकमा भाग लिने विश्वकै कान्छी खेलाडी थिइन्, गौरिका। त्यति बेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो। त्यसको तीन वर्षपछि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी सागमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।


Advertisment
Nabil box
Kumari

गौरिका पनि नेपाली खेलकुदकी ऐतिहासिक खेलाडी बन्न पुगिन्। उनले यो सागमा दुई स्वर्ण जितेकी छन्। स्वर्ण जितेपछि गौरिकाले आफूलाई कहिलेकाहीं विदेशी भनेकोमा चित्त दुखाइन्। ‘म नेपाली नै हो। म आफूलाई नेपाली भन्न रुचाउँछु’, उनले भनिन्, ‘यो पदक सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु। देशका लागि ऐतिहासिक स्वर्ण जित्न पाउँदा धन्य भएँ।’

Vianet communication
Laxmi Bank

नेपाली सञ्जु चौधरीले पनि भारोत्तोलनमा स्वर्ण जित्दै इतिहास रचिन्। पोखरामा जारी भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा बिहीबार उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण चुमेकी हुन्। उनले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजी तौल उचालिन्। यो सफलतासँगै उनी सागको महिला भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन्।

गत वर्ष नेपाल पुलिस क्लबमा आबद्ध सञ्जुले सागको पहिलो सहभागितामै देशका लागि स्वर्ण जित्ने सौभाग्य पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। सागको भारोत्तोलनमा गत संस्करणदेखि नेपालले महिलातर्फ सहभागिता जनाउन थालेको हो। त्यसैले सञ्जुले जितेको त्यो स्वर्णले उनलाई नेपाली खेलकुदमा ऐतिहासिक खेलाडीका रूपमा उभ्यायो।

क्रिकेटर अञ्जली चन्दले त १३औं सागमा विश्व कीर्तिमानै बनाएर देशको गौरव बढाइन्। पोखरा क्रिकेट मैदानमा गत सोमबार भएको माल्दिभ्सविरुद्धको खेलमा उनले ‘अविश्वासिलो’ विश्व कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। उनकै उत्कृष्ट प्रदर्शनका कारण उक्त खेलमा नेपाल १० विकेटले विजयी भएको थियो। अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन्। अन्तर्राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेटमा कुनै पनि क्रिकेटरले यस्तो कीर्तिमान बनाएका छैनन्।

अञ्जलीले चार ब्याट्सवुमनलाई क्याच गराएकी थिइन्। दुई खेलाडीलाई बोल्ड गरिन्। अञ्जलीले नवौं ओभरको पाँचौं र छैटौं तथा ११औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पनि पूरा गरेकी थिइन्। ‘मेरा लागि यो नसोचेको उपलब्धि हो’, उनले भनिन्, ‘तर, मेरो कीर्तिमानभन्दा पनि देशको जित ठूलो कुरा हो।’

१३औं सागमा चम्किएकी अर्की खेलाडी हुन्, सावित्रा भण्डारी। यही सागमा उनी देशका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी बनिन्। उनी एपीएफ क्लबमा आबद्ध छिन्। माल्दिभ्सविरुद्घको खेलमा ह्याट्रिक गर्दै उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको गोल संख्या ३८ पुगेको छ। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x