×

NMB BANK
NIC ASIA

मोटरसाइकलभन्दा महंगो छ यो हेल्मेट, के छन् विशेषता ?

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दुईपांग्रे चलाउँदा हेल्मेट लगाउनु अनिवार्य छ । तर यहाँ हामी यस्तो हेल्मेटको चर्चा गर्दैछौं जसले चालकलाई वरपरको गतिविधिसम्बन्धी पूर्ण जानकारी दिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

चालकको पछाडिको पूर्ण दृश्य हेल्मेटभित्र मास्तिरको सानो स्क्रीनमा देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेल्मेटको पछिल्तिर ३६० डिग्रीको भिजन वाइड एंगल क्यामरा छ जसले त्यसभित्रको स्क्रीनमा भिडियो देखाउँछ । त्यसले गर्दा चालकले बारम्बार रियरभ्यु मिररमा हेरिरहनुपर्दैन ।


Advertisment
Nabil box
Kumari

जापानको राजधानी टोकियोस्थित क्रसहेल्मेट कम्पनीले पाँच वर्षको मेहनतपछि यसलाई तयार पारेको हो । कम्पनीका अनुसार यसको उत्पादन शुरु भएको छ । 

Vianet communication
Laxmi Bank

प्रिअर्डर गर्दा यसको मूल्य १,५९९ डलर पर्छ अर्थात् नेपाली मूल्यअनुसार एक लाख ७० हजार रुपैयाँ जति पर्छ । यतिमा त एउटा मोटरसाइकल आउँछ । पछि चाहिँ यसलाई १,७९९ डलरका रिटेल स्टोरमा उपलब्ध गराइनेछ । 

हेल्मेटमा बिल्ट इन ब्लूटूथ अडियो इन्टरफेस छ । चालकले बोल्दा मात्र पनि यसले बाटो देखाउने, गीत बदल्ने र फोन कल उठाउने काम गर्छ । 

स्मार्ट हेल्मेटमा समय, ब्याट्री लेभल र कम्पास पनि देखिन्छ । इन्टरकमको सुविधा पनि यसमा दिइएको छ । यसले एक हेल्मेटलाई अर्को हेल्मेटसँग जोडेर दुई चालक र एक चालक तथा एक यात्रुसँग कुरा गर्ने अनुमति दिन्छ । 

क्रस हेल्मेट टीमले यस हेल्मेटमा एक्टिभ नोइज क्यान्सिलेसन सिस्टम लगाएको छ । यसले इन्जिन र हावाको आवाजलाई भित्र पस्न दिँदैन अनि चालकले हेल्मेटको स्पीकरबाट प्रस्ट जानकारी सुन्न पाउँछ ।

हेल्मेटलाई बटन र नोबको साटो स्मार्टफोन एपमार्फत नियन्त्रण गर्न सकिन्छ । विशेष एपले नै मिडिया सेलेक्ट गर्न र ध्वनि एडजस्ट गर्न सजिलो हुन्छ । 

१.७८ किलोग्राम तौल भएको यो हेल्मेटमा विशेष ब्याट्री लगाइएको छ । कम्पनीले दाबी गरेअनुसार ब्याट्रीले ६ देखि आठ घन्टाको ब्याकअप दिन्छ ।

ब्लूटूथ, जीपीएस, रियर भ्यू क्यामरा र डिस्प्लेलाई लामो समयसम्म उपयोग गर्न पनि ब्याट्री ब्याकअप प्रभावशाली हुन्छ । 

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x