फागुन २१, २०७९
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सार्क बडापत्र दिवसको अवसरमा आइतवार एक सन्देश दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनलाई पुनर्जीवन दिने आवश्यकता औंल्याउनु भएको जानकारी राष्ट्रिय समाचार समिति (रासस) ले सम्प्रेषण गरेको छ । पाँचवर्ष अघि काठमाडौंमा शिखर सम्मेलन भएपश्चात् यस सम्बन्धी प्रक्रियाहरू अवरुद्ध भएकोले सार्क एक निष्क्रीय संस्थाजस्तै देखिएको सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ ।
नेपालपछि वर्णानुक्रम अनुसार पाकिस्तानमा हुनुपर्ने शीर्षस्थ सम्मेलन अहिलेसम्म हुन सकेको छैन । त्यसले गर्दा एकअर्ब ७० करोड जन-आवादी रहेका देशका अपेक्षाको सम्बोधन गर्न खोलिएको संस्था गतिहीन हुन पुगेको छ । भारत र पाकिस्तान बीचको तनाउ चर्किनाले भारतलाई सम्मेलनमा सहभागी हुन अनिच्छुक तुल्याएको हो र स्थितिमा अझै सुधार आएको छैन ।
नेपाल र बङ्लादेश ‘सार्क’स्थापनाको पहल गर्ने देश हुन् । राजा वीरेन्द्र र राष्ट्रपति जियाउर रहमानको निरन्तरको प्रयासबाट दक्षिण एसियाका अन्य पाँच मुलुकलाई सामेल गर्दै एउटा क्षेत्रीय मञ्च स्थापना भएको ३५ वर्ष भएको छ । शुरूमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान र माल्दिभ्स गरी सातवटा देश मात्र ‘सार्क’का सदस्य-राष्ट्र थिए । मूलत: आर्थिक, सामाजिक र वातावरणीय फाँटमा आपसी सम्पर्क र सहयोग अभिवृद्धि गराउने ध्येयले खडा गरिएको यस संगठनमा करिव एक दशकअघि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान पनि सामेल भयो, त्यसपछि सार्क सदस्य-राष्ट्रको संख्या आठ पुगेको हो । सार्क एक गतिशील संगठनको रूपमा विकसित हुँदै गएको परिप्रेक्ष्यमा चीन, जापान, अमेरिका जस्ता देश र अन्य केही विदेशी संगठनले यस संस्थाको पर्यवेक्षकको दर्जा पनि प्राप्त गरेका हुन् । सार्क दक्षिण-पूर्वी एसियाको आसियान र युरोपको ईयू जस्तै सबल संगठन बन्ने आधारहरू तयार हुँदै पनि गएका थिए ।
तर केही वर्षयताका राजनीतिक घटनाक्रमले यस क्षेत्रको वातावरण धमिलिन पुगेको छ । र, भारतले सार्कको साटो ‘बिमस्टेक’ र अन्य यस्तै क्षेत्रीय पहलहरू थालेको छ जसलाई पाकिस्तानलाई एक्ल्याउने उद्देश्यको अभिव्यक्ति भनेर सहजै बुझ्न सकिन्छ । यस्तोमा, प्रत्युत्तरस्वरुप पाकिस्तानले कुनै अर्को संस्था खोलेर भारतलाई एक्ल्याउने कदम चाल्न सक्छ जतिखेर यस भेगका स-साना आकारका देशहरू यो अथवा त्यो पक्षमा लाग्नुपर्ने बाध्यतामा पर्न सक्छन् । क्षेत्रीय एकता बिथोलिने अवस्था आउन सक्छ; आयो भने त्यसबाट भारत र पाकिस्तान दुबै देशलाई नोक्सान पर्न सक्छ ।
नोक्सानी भारतलाई बढी हुने सम्भावना छ किनभने विश्वमञ्चमा उक्लेर अन्तर्राष्ट्रिय मामिलाहरूमा गौरवपूर्ण भूमिका बढाउने आकाङ्क्षा, अभिलाषा त भारतकै देखिन्छ । तसर्थ भारतले छर-छिमेकप्रतिका आफ्ना नीतिलाई सरल र मैत्रीपूर्ण राख्न समयोचित पाइला चाल्नु सबैको हितमा हुने हाम्रो दृष्टिकोण छ ।
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...