माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ । नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।
एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो ।
३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए ।
फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए । उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ)भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए । यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो । र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्यो ।
निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्यो । जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ । तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो ।
‘स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो । तर, उक्त मूल्यांकनअनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनुपरेको हो,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौँ । त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो । हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।’
आधाजसो मूल्य घटाएर सूचना निकालेपछि बोइङ किन्न तीन कम्पनीले आवेदन दिएका छन् । अमेरिकी कम्पनीहरू एभियोन र एमके एभिएसन तथा पोल्यान्डको सिएस बिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले निगमको बोइङ किन्ने इच्छा देखाएका छन् ।
त्यसो त निगमको कार्यकारी अध्यक्ष बनेर भित्रिएलगत्तै मदन खरेलले बोइङ उडाउने भन्दै मर्मतका लागि मलेसिया पठाएका पनि थिए । २८ अक्टोबर २०१८ मा पठाएको बोइङ मर्मत सकेर १६ जनवरी २०१९ मा काठमाडौं ल्याइएको थियो । मर्मतमा निगमले १० करोड खर्च गरेको थियो । तर, पाइलटको सीप परीक्षण प्रमाणपत्र (पिपिसी)को म्याद सकिएको भन्दै उडान गरिएन ।
वर्षौंदेखि उही बोइङ उडाउँदै आएका निगमका पाइलटलाई एक साता तालिम दिएमा पिपिसीको म्याद थप्न सकिन्थ्यो । तर, निगम नेतृत्वले बोइङलाई जसरी पनि तह लगाउने रणनीति लिएकोले उडाउन पहल गरेन । तर, यसरी बेच्ने नै हो भने मर्मतका नाममा १० करोड खर्च किन गरियो ? प्रश्न अनुत्तरित छ । त्यसमाथि अहिले तोकिएको मूल्य पनि ४० करोड घटाएर बेच्न लागिएको छ ।
निगमले सन् १९८८ मा अमेरिकी कम्पनी बोइङसँग खरिद गरेको यो जहाजले राष्ट्रिय ध्वजा बोकेर युरोप र जापानसम्मको उडान भरेको थियो । तर, यसलाई जानाजान थोत्रो बनाएर बेच्न थालिएको छ । निगमसँग अहिले चारवटा एयरबस छन् । त्यसैले एउटा बोइङ उडाउन खर्चिलो हुन्छ । तर, उचित मूल्यसमेत दाबी नगरी बेच्न थालिएको छ ।
पुराना जहाज विस्थापनमा यसअघि पनि अनियमितता नभएका होइनन् । सन् १९९३ मा पनि निगमले ७२७ सिरिजका दुई जहाज १२ करोड रुपैयाँमा बिक्री गरेको थियो । जब कि यो सिरिजका जहाज त्यतिवेला युरोपमै मज्जासँग उडिरहेका थिए । चल्ने अवस्थाकै बोइङ कौडीको भाउमा बेचिएको भन्दै त्यतिवेला संसद्देखि सडकसम्म व्यापक विरोध भएको थियो । बेचिएको जहाजले त्यसपछि पनि अफ्रिकामा उडान गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...