×

NMB BANK
NIC ASIA

बढ्दो चोरी

कुपन्डोलबाट चोरिएको २२० सीसी पल्सर मोटरसाइकललाई पछ्याउँदा ...

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंका सञ्जय विष्टले हालसालै खरिद गरेको प्रदेश ३ प ०२– ००८ प २५९ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल यही मंसिर ७ गते ललिपुरको कुपन्डोल क्षेत्रबाट चोरियो ।

Muktinath Bank

बैंकमा काम परेपछि उनले त्यहाँनजिकै पार्किङ गरेका थिए । १० मिनेट बैंकभित्र भुले । बाहिर निस्किँदा उनको नयाँ मोटरसाइकल राखेको ठाउँमा थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विष्टले तत्कालै महानगरीय प्रहरीको अस्थायी प्रहरी बिट कुपन्डोलमा खबर गरे । 


Advertisment
Nabil box
Kumari

उजुरी प्राप्त भएलगत्तै महाशाखाअन्तर्गत चोरी शाखाका प्रहरी सादा पोशाकमा खटिए ।

Vianet communication
Laxmi Bank

प्रहरीले बाइक चोरी भएको स्थान नजिकको सीसीटीभी फूटेज मगाएर हेर्‍यो । दिउँसो ३ बजेको समयमा एक युवकले बाइकको लक फोरेर चोरी गरेको फूटेजमा देखियो, तर चोर्ने व्यक्तिको अनुहार भने पहिचान भएन ।

प्रहरीले उपत्यकाबाट बाहिरिने नाकाहरूमा निगरानी बढायो । सबै नाकामा प्रहरीलाई अलर्ट राखियो ।

यसबीचमा मंसिर ९ गते बिहान ८ बजे महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नम्बरमा एउटा फोन आयो । 

फोन गर्ने व्यक्तिले भने– ‘सानेपाको गल्लीमा २२० सीसीको पल्सर मोटरसाइकल हिजोेबाट शंकास्पदरूपमा पार्किङ गरेर राखिएको छ । लिन कोही पनि आउँदैन ।’

तत्कालै सादा पोशाकमा प्रहरी परिचालन भयो । 

कुपन्डोलबाट चोरिएको बाइक हुनसक्ने शंका प्रहरीलाई थियो किनकी यसअघि पनि कतिपय बाइक चोरेर उपत्यकाबाहिर लैजान राजधानीमै केही दिन पार्किङ गर्ने गरेको जानकारी प्रहरीलाई थियो ।

प्रहरी सहायक निरीक्षक (सई)सहित ३ जना फोनमा बताइएको लोकेसन पछ्याउँदै सानेपा पुगे । 

कुपन्डोलबाट चोरिएको पल्सर बाइक त्यहीँ थियो ।

प्रहरी तत्काल त्यो बाइक नियन्त्रणमा लिनुभन्दा बाइक लिन आउने मान्छे कुरेर बस्यो ।  

दिनभरी कोही आएन, रात पनि यसै बित्यो । यो सिलसिला ३ दिन २ रातसम्म जारी रह्यो । प्रहरी कुरेरै बस्यो किनभने प्रहरीलाई बाइक मात्र नियन्त्रणमा लिनु थिएन, चोरलाई पनि समाउनु थियो ।

तेस्रो रात एक युवक बाइक लिन आए । बाइक स्टार्ट गर्न नपाउँदै प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो ।

प्रहरीको नियन्त्रणमा परेका युवक थिए, बारा कोल्हबी नगरपालिका– १ का २७ वर्षीय प्रमोदकुमार पनुहर । 

मंसिर ११ गते पक्राउ परेका प्रमोदले प्रहरीसँगको बयानमा आफूले बाइक तराईसम्म पुर्‍याउने जिम्मा मात्र पाएको बताएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी साहयक निरीक्षक रमेश बजगाईंले लोकान्तरलाई जानकारी दिए ।

प्रमोदको बयान उद्धृत गर्दै बजगाईंले लोकान्तरसँग भने– ‘उसले बाइक चोरी गर्ने १ जना, बाइक तराइसम्म पुर्‍याउने १ जना र बिक्री गर्ने अर्कै हुन्छन्, म त बाइक पुर्‍याउने मात्र हो भन्ने बयान दिएको छ ।’ 

आफूलाई प्रहरीले पहिलोपटक नियन्त्रणमा लिएको भन्दै प्रमोदले घमण्ड पनि गरे । आफ्नो हातमा बाइक परेपछि हत्तपत्त प्रहरीको हात नलाग्ने अनुभवसहितको जिकिर उनको थियो ।

चोर्ने र नाका कटाउनेलाई १५/१५ हजार !

यसरी चोरिएका बाइक चोर्ने र निधारित गन्तव्यमा पुर्‍याउने दुवैले १५/१५ हजार रूपैयाँ पाउने गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

‘बाराका प्रमोदकुमार पनुहर र पाँचखालका भीष्म घतानीले आफूहरूले बाइक चोरेर तराईसम्म पुर्‍याएबापत उक्त रकम पाउने गरेको बयान दिएका छन्,’ बजगाइँले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा लिई मंसिर ११ गते सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका थिए, बारा कोल्हबी नगरपालिका–१ का प्रमोदकुमार पनुहर, बाजुराको हिमाली गाउँपालिका– १ का १९ वर्षीय सुरेन्द्र मल्ल र काभ्रे पाँचखाल नगरपालिका ११ का २३ वर्षीय भीष्म घतानी ।

४ महिनामा हराए ५ सय ५४ मोटरसाइकल !

महानगरीय ट्राफिक प्रहरी महाशाखामा पछिल्लो ४ महिनामा ५ सय ५४ वटा मोटरसाइकल चोरीको उजुरी परेका छन् । यो चालू आर्थिक वर्ष २०७६/०७७ को अघिल्लो ४ महिनाको तथ्यांक हो ।

यसमध्ये १ सय ४७ वटा मोटरसाइकल चोरीसम्बन्धी उजुरीलाई प्रहरीले अनुसन्धानमा अघि बढाएको छ ।

पछिल्लो ४ महिनाको अवधिमा ९६ वटा मोटरसाइकल भेटेर धनीलाई बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमदत्त ढकालले लोकान्तरलाई जानकारी दिए ।

‘यसबीचमा १४ वटा मोटरसाइकलसहित २८ जना चोरलाई कारवाहीका लागि पठाएका छौं,’ ढकालले भने ।

बर्सेनि बढ्दै चोरी

मोटरसाइकल चोरीको समस्या बर्सेनि बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ३ सय ८२ मोटरसाइकल हराएका उजुरी महाशाखामा परेका थिए । जसमध्ये ३ सय ७६ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो भने २ सय ५१ मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ६ सय ११ मोटरसाइकल हराएको उजुरी परेका थिए, जसमध्ये ३ सय ६५ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो । १ सय ८९ मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको प्रहरीको तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x