×

NMB BANK
NIC ASIA

अटो रिक्सा व्यवसायीको मनोमानी, यात्रुको अनुहार हेरेर अचाक्ली भाडा असुली

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णालीको राजधानी वीरेन्द्रनगरमा अटो व्यवसायीको मनोमानी बढ्दै गएको छ ।

Muktinath Bank

मनपरी रुपमा भाडा असुल्ने र वीरेन्द्रनगर नगरपालिकाले पारित गरेको कार्यविधि नमान्ने गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको १ वर्षअघिको तथ्यांकअनुसार वीरेन्द्रनगरमा करीब १३ सयभन्दा बढी अटो रिक्सा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरेन्द्रनगर नगरपालिकाले अटो रिक्सा व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरिसकेको छ । नगरपालिकाले गत २०७५  असोजमै कार्यविधि बनाएपनि अटो रिक्सा व्यवसायीले कार्यविधिअनुसार नचलेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाको अटो रिक्सा सम्बन्धी निर्देशिकाको बुँदा नम्बर ७ मा अटो रिक्सा चालकले पालना गर्नुपर्ने नियम स्पष्ट उल्लेख गरिएको छ तर अधिकांश अटो रिक्सा चालकले नियम नमानेको स्थानीयले गुनासो गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘निर्देशिकामा सवारी चलाउँदा गीत बजाएर चलाउन नपाइने भनिएको भएपनि मज्जाले गीत घन्काएर हिँडिरहेका छन् । कसैले अनुगमन पनि गरेको छैन, कारवाही पनि भएको छैन,’ वीरेन्द्रनगर–६ का धर्मराज जिसीले भने, ‘कार्यविधिमा पनि लेनअनुसार अटो चलाउनुपर्ने भनिएको छ तर सडक खाल्डाखुल्डी भएको कारण देखाउँदै क्याम्पस लाइनदेखि हटिया चोकसम्म र घण्टा घरदेखि नगरपालिका कार्यालय हुँदै जाने सडकमा गलत लेन र सडक बाहिरबाट धुलो उडाउँदै अटो गुड्ने गरेका छन् ।’

नगरपालिकाको निर्देशिकाको मुख्य कुरा नै अधिकांश अटो रिक्सा चालकले मानेका छैनन् । नगरपालिकाको निर्देशिकामा स्थान अनुसारको भाडादर उल्लेख गरी अनिवार्य सवारीमा टाँस गर्नुपर्ने भनिएपनि अधिकांश अटो व्यवसायीले भाडादर टाँसेका छैनन् । बरु यात्रुको अनुहार हेरेर मनपरी भाडा असुल्ने गरेका छन् । 

निर्देशिकामा कालोपत्रे गरिएको सडकमा सवारीसाधनमा यात्रा गरेबापत प्रत्येक यात्रामा न्यूनतम २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप ५ रुपैयाँका दरले भाडादर कायम हुनेछ भने कच्ची सडकमा सवारीसाधनमा यात्रा गरेबापत प्रत्येक यात्रामा न्यूनतम २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर थप १० रुपैयाँका दरले भाडादर कायम हुने उल्लेख गरिएको छ तर स्थानीयका अनुसार वीरेन्द्रनगरमा सञ्चालित अधिकांश अटो रिक्साले निर्देशिका पालना नगरी मनपरी भाडा असुलिरहेका छन् ।

मनपरी भाडा असुल्नेलाई नगरपालिकाको निर्देशिकाको नियम १० को उपनियम (२) मा तत्काल ट्राफिक प्रहरीले नियमानुसार जरिवाना गर्नेछ र रकम तत्काल बुझाउन नसक्नेलाई २४ घण्टाभित्र सम्बन्धित नगरपालिका कार्यालयमा पठाउनुपर्नेछ । नगरपालिकाले कसूर खुलाई ट्राफिक प्रहरीको पूँजीको आधारमा पहिलो पटक १ हजार ५०० रुपैयाँ, दोस्रो पटक २ हजार रुपैयाँ, तेस्रो पटक २ हजार ५ सय रुपैयाँ र त्यसपछि पटकैपिच्छे दोब्बर जरिवाना गरी सचेत गराउन सक्ने निर्देशिकामा उल्लेख छ ।

‘मान्छे अनुसार भाडा माग्छन् । मलाई पनि पहिले क्याम्पस रोडदेखि हटियासम्मको ४० रुपैयाँ लिन्थे । अचेल म बार्गेनिङ गर्छु । मसँग २० रुपैयाँ लिन्छन् । मसँगै यात्रा गरेका कसैसँग ५० रुपैयाँसम्म असुल्छन्,’ दैनिकजसो अटो रिक्सामा आवतजावत गर्ने नन्दकृष्ण आचार्यले भने, ‘नयाँ मान्छे जस्तो देखे भने १०० रुपैयाँभन्दा कम भाडा लिँदैनन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x