×

NMB BANK
NIC ASIA

इजरायलमा एक वर्षमा तेस्रो निर्वाचन

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महिनौको प्रयासपछि पनि इजरायलले एक बर्षमा तेस्रो पटक तेस्रो निर्वाचनलाई टार्न गरेका प्रयासहरू अन्ततः विफल भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

एकै बर्षमा तीन पटक निर्वाचन हुने संयोग यहूदी राज्य इजरायलको इतिहासमा पहिलो पटक हो । अप्रिल र सेप्टेम्बरमा भएका चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा मध्यमार्गी प्रतिद्वन्द्वी बेन्नी गान्ट्ज कसैलाई पनि निर्वाचन गर्नको लागि स्पष्ट बहुमत नदिएपछि दुई प्रतिस्पर्धीलाई पछिल्लो निर्वाचनपछि संयुक्त सरकार बनाउन राष्ट्रपतिबाट गरिएको आग्रह पनि बुधबार राति सकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनले एक वर्षमा सरकार गठन गर्न असमर्थ रहेका राजनीतिज्ञहरूप्रति गहिरो ध्रुवीकरण र असन्तुष्टि निम्त्याउने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । यद्यापि नयाँ निर्वाचनमा प्रधानमन्त्री नेतन्याहू तथा उहाँका प्रतिस्पर्धी गान्ट्जबीच नै कसिलो र सरकार निर्माणका लागि सार्थक अबसर मिल्नेछ ।


Advertisment
Nabil box
Kumari

कसले बाजी मार्ने हो हेर्न अझै डेड बर्ष पर्खिनु पर्नेछ । इजरायलमा व्यापक भ्रष्टाचार बढेको र यसमा प्रधानमन्त्री आफै र उहाँका सहयोगीसमेत मुछिएको आरोप प्रतिपक्षी दलहरूले लगाउने गरेका छन् । ती दुई व्यक्ति एकताको सरकार गठनको बारेमा बुधबार रातिसम्म पनि छलफल गरिरहेका थिए तर राति १२ः०० बजेपछि यहाँको कानूनअनुसार संसद् (नेसेट) स्वत भङ्ग भयो ।

Vianet communication
Laxmi Bank

'उनीहरूले हामी माथि नयाँ चुनाव गर्न बाध्य तुल्याए,' नेतान्याहूले आफ्नो लिकुड पार्टीले गान्त्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टीलाई उल्लेख गर्दै एक भिडियोमा भनेका छन् ।

निर्वाचनलाई पटक पटक गर्ने अवस्था नल्याउन कुनै एक दलले स्पष्ट बहुमत ल्याउनुको विकल्प छैन । जनताले पुनः एक पटक लिकुड पार्टीलाई विजय गराउनेछन् । इजरायलमा अब मार्चमा निर्वाचन हुनेछ ।

यद्यपि निर्वाचनका लागि मिति भने तोकिएको छैन । त्यस्तै गान्ट्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टी पक्षधर नेता तथा सांसदहरूले भनेका छन्, 'इजरायलमा प्रधानमन्त्री नेतन्याहूको दलले निर्वाचन जितेमा देशले थप भ्रष्टाचारको सामना गर्नुुपर्नेछ । देशको अर्थब्यवस्था थप कमजोर बन्नेछ ।'

उनीहरूको आरोप छ, 'इजरायली प्रधानमन्त्रीले आफूलाई राष्ट्रवादी नवनाउँदा र सधैँ विशेषाधिकारको खोजी गर्दा देशले पटक पटक निर्वाचनमा जानुपरेको छ ।' इजरायलका जनताबीच पटकपटकका निर्वाचनपछि पनि देशको राजनीतिक सङ्कट कायम रहनु र निर्वाचनमा मात्रै तीन अर्ब ४० करोड अमेरिकी डलर खर्च हुनुपर्ने बाध्यतालाई लिएर नेताहरूप्रति वितृष्णा जागेको देखिन्छ ।

इजरायलको च्यानल १३ टिभीले लिएको सर्वेक्षणअनुसार ४३ प्रतिशत नागरिकले यो अन्योल सिर्जना हुनुमा दोषी प्रधानमन्त्री नेतन्याहू भएको पाइएको छ । पाँच प्रतिशतले नेता गान्ट्जलाई दोषी मानेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x