×

NMB BANK
NIC ASIA

दस्ताबेज बनाउन प्रचण्डको ‘एकान्तवास’

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउँदो आइतबार शुरूहुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्ताबेज तयारीमा जुटेका छन् । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

Muktinath Bank

शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो । दाहाललाई स्पष्ट काम र समयतालिकासहितको ६ महिने कार्ययोजना ल्याउन गत मंसिर २३ को सचिवालय बैठकले निर्देशन दिएको थियो । त्यसपछि दाहालले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन् । ‘उहाँ (दाहाल) बिहानैदेखि भेटघाट बन्द गरेर कार्ययोजना लेखनमा व्यस्त हुनुहुन्छ,’ दाहाल सचिवालयका एक सदस्यले बिहीबार साँझ कान्तिपुरसँग भने, ‘दुइटा विषयको प्रस्ताव तयार भइसकेको छ ।’ शुक्रबार साँझसम्म कार्ययोजना तयार पार्ने लक्ष्य रहेको पनि उनले सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाहालले स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजना पारित गर्नका लागि शुक्रबार सचिवालय बैठक बोलाएका थिए । कार्ययोजनै तयार नभएपछि सचिवालय बैठक सरेको छ । महासचिव विष्णु पौडेलका अनुसार सचिवालय बैठक शनिबार हुनेछ । अध्यक्ष दाहालले तयार पारेको प्रस्तावित कार्ययोजना अर्का अध्यक्ष ओलीलाई देखाएर परिमार्जन गरिसकेपछि मात्रै स्थायी समिति बैठकमा पेस गरिने भएको छ । सचिवालय बैठकमा नयाँ सभामुख बनाउने विषयमा पनि प्रस्ताव पेस गर्ने तयारीमा अध्यक्ष दाहाल छन् । दुई अध्यक्षबीच भएको भेटमा सभामुखबारे सहमति जुटिनसकेकाले पनि दाहालले सचिवालय बैठक सारेको स्रोतको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

ओली र दाहालबीच बुधबार भएको भेटमा कस्ता–कस्ता विषय समेटर कार्ययोजना बनाउने भन्नेबारे छलफल भएको थियो । छलफलमा ओलीले ‘तपाईं प्रस्ताव तयार पार्नुस्, एक पटक दुई जना अध्यक्ष बसेर हेरौंला, त्यसपछि सचिवालय बैठकबाट पारित गराउनुहोला’ भनेपछि दाहाल दस्ताबेज लेखनमा जुटेका हुन् । सचिवालय सदस्य रामबहादुर थापाका अनुसार दाहालले पार्टीको वैचारिक सांगठनिक एकता हुने गरी राजनीतिक प्रतिवेदन बनाउनेछन् । ‘उहाँले हामी सबैसँग एकसरो छलफल गर्नुभयो, पार्टी संगठन, जनपरिचालन, प्रदेश र स्थानीय तहका कमिटी कार्यकर्ताको पनि कार्यविभाजन गर्ने गरी कार्ययोजना तयार पार्नुहुनेछ,’ थापाले भने, ‘स्थानीय तहको विकास निर्माणका लागि पार्टीको भूमिकाबारे पनि केही खाका आउला ।’

Vianet communication
Laxmi Bank

अध्यक्ष दाहालले स्थायी समितिको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने, पार्टी विभाग तथा जनवर्गीय संगठनहरूलाई पूर्णता दिने, पार्टी स्कुल सञ्चालन पोलिटब्युरो गठन गर्ने, पार्टीको विधान संशोधन गर्ने, आर्थिक परिचालन गर्ने र पार्टीको आम्दानीको स्रोत जुटाउने विषयमा राजनीतिक कार्ययोजना तयार पार्दै छन् ।

गत २३ गते बसेको सचिवालय बैठकले पार्टीको कार्यक्रम ३ भागमा बाँड्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नेकपाको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद, तात्कालिक कार्यक्रम समाजवादउन्मुख, जनताको जनवाद र दीर्घकालीन कार्यक्रम साम्यवाद छ । ‘अब पार्टी कार्यक्रमसँग मेल खाने गरी योजनाहरू ल्याउनुपर्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार आउँदो फागुन र चैतमा नेकपाले देशव्यापी अभियान शुरूगर्दै छ । अभियानमा पार्टीका नेता र कार्यकर्तालाई पार्टीको नीति र सिद्धान्तबारे प्रशिक्षण दिने तयारी नेकपाको छ ।

नेपालले पोलिटब्युरो गठनको प्रस्ताव लैजाने
सचिवालय सदस्य माधवकुमार नेपालले पोलिटब्युरो गठनसँगै यसअघि सचिवालय बैठकमा राखेका लिखित फरक मतलाई छलफलका लागि स्थायी समिति बैठकमा पनि लैजाने तयारी गरेका छन् । ‘एक व्यक्ति एक कार्यकारी पद अध्यक्षहरूमा मात्रै होइन, बीचमा र तल्लो तहमा पनि छ,’ नेपालनिकट स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘पार्टीको प्रदेश इन्चार्ज नै मुख्यमन्त्री हुने, मेयर नै जिल्ला कमिटीको प्रमुख हुने चलन पनि हटाउनुपर्छ ।’ उनले पार्टीलाई बहुपदीय पद्धतिमा लानुपर्ने आफूहरूको जोड रहेको र नेतृत्वलाई पनि त्यही किसिमको सुझाव दिएको जानकारी दिए ।

नेता नेपालले भदौ ३ गते बसेको सचिवालय बैठकमा एक व्यक्ति कार्यकारी पद हुनुपर्ने, तत्कालीन एमालेका सबै उपाध्यक्षलाई सचिवालयमा ल्याउनुपर्ने, पार्टीको विधानअनुसार बैठकहरू नियमति बोलाउनुपर्ने लगायत मागसहित फरक मत राखेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x