×

NMB BANK
NIC ASIA

गति लिँदै नेकपा

बढ्दो चिसोमा नेकपा तताउन खोज्दै प्रचण्ड - के छ भित्री रणनीति ?

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' केही दिनयता दस्तावेज लेखनमा व्यस्त देखिएका छन् ।

Muktinath Bank

गत मङ्सिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डले पार्टीको काम हेर्नेगरी भएको कार्यविभाजनपछि उनी पार्टी काममा व्यस्त देखिन थालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विगत केही दिनयता उहाँ दस्तावेज लेखनमा व्यस्त हुनुभएको छ,' अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले लोकान्तरसँग भने, 'आगामी २९ गतेदेखि शुरू हुने स्थायी कमिटी बैठकमा पेश गर्ने गरी दस्तावेज तयार गर्न लाग्नुभएको हो । अधिकांश काम सकिएको मैले बुझेको छु ।'


Advertisment
Nabil box
Kumari

दस्तावेज लेखनकै चटारोले गर्दा शुक्रवार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित गरिएको थियो । गत मङ्सिर २३ गते बसेको सचिवालय बैठकले अर्को बैठक शुक्रवार (आज)का लागि तय गरेको भएपनि प्रचण्ड व्यस्त भएपछि बैठक स्थगित भएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

दस्तावेज लेखनका लागि भनेर प्रचण्डले पार्टीकै नेताहरूसँग पनि छलफल गरेका छैनन् । प्रचण्डनिवास खुमलटार पुग्ने नेताहरू चिया पिएर फर्किने गरेका छन् ।

प्रचण्डले पार्टी संगठन, जनपरिचालन, प्रदेश र स्थानीय तहका कमिटी कार्यकर्ताको पनि कार्यविभाजन आफ्नो दस्तावेजमा उल्लेख गर्नेछन् । यसअघि पार्टीभित्रको कार्यविभाजन राम्रो नभएको भन्दै आलोचना हुने गरेको थियो ।

दस्तावेजमा प्रचण्डले संगठन र जनपरिचालनलाई विशेष जोड दिएको उनीनिकट नेताहरूको भनाइ छ । 'पार्टी एकता भएको १८ महिनासम्म पनि गति लिन सकेको थिएन,' प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, 'अध्यक्षद्वयबीच कार्यविभाजन नभएकाले यि विषय रोकिएका थिए । अब कमरेड प्रचण्डले पार्टीलाई गति दिने उद्देश्यका साथ काम गर्नुहुनेछ ।'

तल्लो तहमा भावनात्मक एकता हुन नसकेको भन्दै उनले अब त्यो स्थिति नरहने बताए ।

'प्रचण्डले पार्टी हेर्ने गरी कार्यविभाजन भएपछि स्थायी कमिटी बैठक बोलाइएको छ,' उनले भने, 'यो धेरै पहिला नै हुनुपर्ने थियो । तर अब पनि ढिलो भइसकेको छैन । पार्टी अब मेट्रो रेलको स्पीडमा कुँद्छ ।'

स्थायी कमिटी बैठक बोलाइएकोमा कतिपय सदस्यहरू खुसी भएका छन् । 'प्रत्येक ३/३ महिनामा बोलाइनुपर्ने बैठक १ वर्षपछि बस्न लागेको छ,' स्थायी कमिटी सदस्य पम्फा भुसालले लोकान्तरसँग भनिन्, 'अहिले बैठक नै नबस्ने विडम्बनाको अन्त्य भएको छ । पार्टीले गति लिनेमा अब आशावादी हुने ठाउँ देखिन्छ ।'

नेतृ भुसालले प्रचण्डले तयार पारेको दस्तावेज स्थायी कमिटीमा प्रस्तुत हुने बताइन । 'उहाँले जेजे गर्नुभएको छ, त्यो स्थायी कमिटी बैठकमा नै प्रस्तुत हुन्छ । त्यहीं छलफल हुन्छ र पार्टी नयाँ ढंगबाट अघि बढ्ने बाटो तय हुनेछ,' भुसालले भनिन् ।

अर्का स्थायी कमिटी सदस्य वेदुराम भुसालले पनि स्थायी कमिटीको बैठकपछि पार्टी नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरे ।

मङ्सिर २७ गते प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले विधानमा केही संशोधन गर्नेदेखि लिएर पार्टी एकताका बाँकी कामहरू छोटो समयमै सम्पन्न गर्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकले केन्द्रीय निकाय, केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ कम्युनिस्ट मंच, केन्द्रीय आयोग र केन्द्रीय विभाग एकीकरणका लागि महासचिव विष्णु पौडेललाई ७ दिनभित्र प्रस्ताव पेश गर्न निर्देशन दिएको थियो ।

बैठकले विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा केही समस्याहरु देखा परेको भन्दै ती संगठनात्मक समस्याहरुको आवश्यक छानविन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x