×

NMB BANK
NIC ASIA

विद्यार्थी घट्दा मिचिँदै सामुदायिक विद्यालयको जग्गा

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । 

Muktinath Bank

विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गा समेत मिचिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्य चौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ ।


Advertisment
Nabil box
Kumari

सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए ।

Vianet communication
Laxmi Bank

‘यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ,’ उनले भने ।

बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नम्बर ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । विद्यालयमा हाल ४६० छात्र छात्रा अध्ययन गर्दछन् । 

धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले जानकारी दिए ।

नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरू गर्ने तयारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x