×

NMB BANK
NIC ASIA

हिमपातले कत्तै खुशी, कतै बेखुशी

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् ।

Muktinath Bank

जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँ परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन् । डोल्पा ठुली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्छन्, ‘हिमपातले पूरै दिन पढाइ नहुने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीले जाँच नै दिन प्रकृतिले पनि अवरोध गरेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछ ।


Advertisment
Nabil box
Kumari

विद्यार्थी आगो बालेर परीक्षा दिन प्रयास गरे पनि सफल नभएपछि स्थगित गरिएको हो । जुफालस्थित विमानस्थल हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरुलाई समस्या भएको छ । हुम्ला र जुम्लामा समेत हवाई सेवा अवरुद्ध भएको छ ।

Vianet communication
Laxmi Bank

जुफाल विमानस्थलमा गएको समिट एयरको जहाज नेपालगञ्ज फर्कन नसक्दा विमानस्थलमै रोकिएको छ । त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकामा भारी हिमपात भएको छ । हिमपातका कारण यो क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको कामसमेत ठप्प भएको छ । उता कृषकहरु भने खुशी भएका छन् ।

आकाशे पानीको भरमा लगाएको गहुँ, जौउ, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि कृषकहरु खुशी भएका हुन् । जिल्लाका सातै वटा स्थानीय तहका स्थानीयवासी पानी परेका कारण हिउँदेवाली सप्रिने भन्दै खुशी भएको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिए ।

जाजरकोटका गाउँगाउँमा फोन सेवासमेत अवरुद्ध भएको छ । जाजरकोट, डोल्पाका आन्तरिक सडक हिमपातले गर्दा अवरुद्ध भएको स्थानीय सरकारका प्रमुुखले बताएका छन् । उपल्लो डोल्पामा हिमपात अत्यधिक मात्रामा भएका कारण स्थानीयवासीहरु घरदेखि बाहिर निस्किन सकेका छैनन् ।

पिउने पानीसमेत जमेका कारण हिउँ तताएर पगाली पानी प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् । लगातार केही दिनदेखि बादल लागेका कारण ग्रामीण क्षेत्रमा रहेका टावरमा सौर्यऊर्जा ‘चार्ज’ नहुँदा टावर अवरुद्ध भएका हुन् ।

यातायातको पहुँच नभएको ठाउँमा सञ्चालन हुने घोडा, खच्चडसमेत बिहानैदेखि लगातार पानी परेका कारण रोकिएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु – जाजरकोट सडक अवरुद्ध भएको छ ।

शुक्रबार बिहानदेखि परेको वर्षाका कारण पहिरो जाँदा दलबहादुर परियारको घरसमेत जोखिममा परेको छ । उक्त स्थानमा गएको पहिरो हटाउन सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीसहित गाउँपालिकाको टिम जुटेको प्रहरीले जनाएको छ । त्यस्तै स्थानीय प्रशासनले विपत प्रतिकार्य योजनालाई कडाइका साथ लागू गर्न आग्रह गरेका छन् ।

स्थानीय सरकारसँग समन्वय गरेर चिसोकै कारण कसैको पनि अकालमै ज्यान नजावस भनि हिमाली जिल्लाहरुमा उच्च सर्तकतामा रहन आग्रह गरिएको छ । समस्या भएको ठाउँमा तत्काल राहत र न्यानो कपडा वितरण गर्नसमेत आग्रह गरिएको छ ।

भीमदत्त राजमार्ग अवरुद्ध डोटी – लगातारको वर्षासँगै परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग भीमदत्तराजमार्ग अबरुद्ध भएको छ । हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताए ।

उनले भने, ‘बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको छ, अवरुद्ध राजमार्ग खोल्नका लागि दिपायलबाट डोजर पठाएका छौँ, अलि हिमपात पर्न रोकिए खुल्न सक्छ ।’ हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु अलपत्रमा परेका छन् । अहिले उक्त राजमार्गमा कम्तिमा पनि दुई फिट जति हिउँ परेको प्रहरीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x