कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिबारे स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका तथा सम्भावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडाध्यक्षसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका सञ्चालक समिति संयोजक बोधराज अर्यालले बताए ।
‘स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने यसअघि नै सम्झौता भएपनि विविध कारणवश कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो रहेकाले सुन्तला निर्यातमा समस्या देखिएको छ, चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा अप्ठ्यारा बुँदामा परिमार्जन गरेर पुनः सम्झौता भएको छ ।’
सुन्तला निर्यात गर्ने सम्बन्धमा चिनियाँ पक्षले केही शर्त राखेको छ । ती शर्त पूरा गरेपछि मात्रै स्याङ्जाको सुन्तला निर्यात हुने अवस्था आउने भएकाले सुन्तलामा लाग्ने रोग किरा तथा गुणस्तरमा ध्यान दिनु जरुरी रहेको संयोजक अर्यालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइअन्तर्गत स्याङ्जाका सुन्तला पकेट क्षेत्र रहेका स्थानीय तहका प्रमुख, वडाध्यक्ष एवं सरोकारवालासँग सुन्तलालाई रोग तथा किरामुक्त बनाउने र गुणस्तरयुक्त बनाउनका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइका कार्यालय प्रमुख मदनकुमार श्रेष्ठले बताए ।
‘चिनियाँ पक्षले ५ वटा किरा तथा २ वटा रोग फ्री हुनुपर्ने शर्त राखेको छ,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘चिनियाँ पक्षले राखेको शर्त हामीले पूरा गरेपछि मात्रै यहाँको सुन्तला चीन निर्यात हुने भएकाले स्थानीय तहसँग सहयोग तथा प्रतिबद्धताका लागि छलफल गरेका हौं ।’
सुन्तलामा देखिएका रोग तथा किरा नियन्त्रणका लागि अहिले भएका कतिपय बोट हटाएर नयाँ लगाउनुपर्ने भएकाले पनि यो कार्यक्रम लागू भएका ठाउँमा स्थानीय तहले आर्थिक तथा अन्य आवश्यक सहयोग गर्नुपर्ने भएकाले सम्बन्धित स्थानीय तहसँग छलफल गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
स्याङ्जालाई विशेष गरी सुन्तलाका क्षेत्रमा कार्य गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन एकाइअन्तर्गत सुन्तला सुपरजोनका रुपमा घोषणा भएपश्चात् अझ बढी व्यावसायिकता थपिँदै गएको छ । विक्रम संवत् २०७३/०७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरियो भने चालू आर्थिक वर्ष २०७५/०७६ को शुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको हो ।
स्याङ्जाका विभिन्न स्थानीय तहका १७ वडामा कूल १ हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा निर्माण गरिएको छ । जिल्लाका पुतलीबजार नगरपालिकाका वडा नम्बर १, २, ३, ७, १०, ११, १३ र १४ भीरकोट नगरपालिकाका १, २, ३, ६, ७ र ८, वालिङ नगरपालिकाको वडा नम्बर ४ र अर्जुनचौपारी गाउँपालिकाको वडा नंम्बर १ र २ गरी कूल १७ वडामा सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ ।
नेपाल र चिनियाँ पक्षबीच स्याङ्जाको सुन्तला चीन निर्यात गर्ने भन्ने सम्झौता भए पनि गुणस्तरीयताका कारण निर्यात हुन नसकिरहेको अवस्थामा गुणस्तरमा जोड दिनका लागि अपनाउन सकिने उपायबारे सरोकारवालासँगको छलफल उपयोगी भएको कृषि ज्ञानकेन्द्रका प्रमुख शालिकराम अधिकारीले बताए । सुन्तलामा देखिने ग्रिनिङ तथा अन्य रोग किरा नियन्त्रण, रोगी बोट नष्ट गरी नयाँ र गुणस्तरीय बेर्ना लगाउने, निगरानी, नियमन गर्ने, सुन्तला बगैंचा व्यवस्थापन, सुन्तला भण्डारणका लागि उचित तापक्रम व्यवस्थापन, उपचारका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने तथा कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिएको ज्ञान केन्द्र प्रमुख अधिकारीले बताए ।
अपेक्षाकृत सुन्तला उत्पादन हुन नसकिरहेको अवस्थामा पकेट क्षेत्रका सन्तुला व्यवसायी तथा स्थानीय सरोकारवालालाई जानकारी गराई गुणस्तरीय उत्पादन वृद्धिका लागि छलफल उपयोगी भएको ज्ञान केन्द्र प्रमुख अधिकारीको भनाइ छ । ‘सुन्तलाको गुणस्तर कायम राख्न र उत्पादनमा वृद्धि गर्नका लागि सबै एकजुट भएर लाग्नु जरुरी छ,’ उनले भने, ‘गुणस्तरीयतालाई ध्यानमा राखेर उत्पादन गर्नसकेको खण्डमा तत्कालै नभएपनि १/२ वर्षपछि भएपनि यहाँको सुन्तला चीन निर्यात हुन सक्नेछ ।’ छलफलमा सहभागी स्थानीय तहका प्रमुख तथा सम्बन्धित वडाध्यक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । – तोलाकान्त बगाले/रासस
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...