कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
माघ ७, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति पत्र व्यवस्थापन शाखामा कार्यरत उपसचिव गिरमान थापाले असोजको दोस्रो साता ७ दिनको भ्रमण भत्ता मन्त्रालयबाट बुझे ।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार थापाले गत असोजको ७ गतेबाट १३ गतेसम्म कार्यालय कामको सिलसिलामा लमजुङ भ्रमण गरेको उल्लेख छ ।
लोकान्तरसँगको कुराकानीमा थापाले आफू विद्यालय अनुगमनका लागि लमजुङ पुगेको बताए । लमजुङको राइनास नगरपालिकास्थित भैरव मावि र सौभाग्योदय नमूना माविको अनुगमन भ्रमण गरेको उनको भनाइ थियो ।
हामीले लमजुङ राइनास नगरपालिका– ९ स्थित भैरव माविका प्रधानाध्यापक राजेश्वर ढकालसँग सम्पर्क गर्यौं । ढकालले उपसचिव थापालाई आफूले देखेपनि कुनै अफिसियल काम भने नभएको प्रतिक्रिया दिए ।
‘उहाँ आउनुभएको त मैले पनि देखेको हो, तर अफिसियल भेटघाट भएन,’ प्रधानाध्यापक ढकालले भने, ‘उहाँको गाउँ यहीँ हो नि त, यो उहाँको मातृ विद्यालय नै हो । घरमा भेटघाटका लागि आउनुभएको थियो कि !’
त्यसपछि हामीले सौभाग्योदय नमूना माविमा पनि सम्पर्क गर्यौं । उक्त विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले उपसचिव थापा आफ्नो विद्यालयमा आएको पुष्टि गरे ।
‘उहाँ आउनुभएको थियो, स्कूलमा के छ, कसो छ भनेर कुराकानी भयो अनि जानुभयो,’ त्रिपाठीले लोकान्तरसँग भने ।
संयोग पनि कस्तो देखिएको छ भने दशैं बिदाको सम्मुखमै थापा आफ्नो गाउँ पुगेर भ्रमण भत्ता बुझेका छन् । १२ गते घटस्थापना थियो, थापाले १३ गतेसम्म ७ दिन आफ्नै गाउँमा पुगेको भत्ता बुझेका छन् ।
एउटा विद्यालयमा पुगेर एक दिन छलफल गरेको देखिएपनि अन्य कार्यक्रमहरू रहेको पुष्टि हुँदैन ।
***
मन्त्रालयकै योजना तथा बजेट शाखामा कार्यरत उपसचिव जयाप्रसाद आचार्यले चितवन र कैलाली भ्रमण गरेको भन्दै भदौको अन्तिममा ७ दिनको भ्रमण भत्ता बुझेका छन् ।
भदौ २६ देखि असोज १ गतेसम्म ७ दिनको भत्ता मन्त्रालयले आचार्यलाई उपलब्ध गराएको छ ।
के प्रयोजनका लागि चितवन पुगेको भनेर हामीले उनलाई सम्पर्क गर्यौं । आचार्यले आफू सीटीईभीटीको ओरिएन्टेसन कार्यक्रमका लागि चितवन गएको बताए ।
त्यसपछि हामीले सीटीईभीटीका योजना शाखा प्रमुख प्रमोददत्त आचार्यलाई सम्पर्क गर्यौं । आचार्यले चितवनमा २ दिने कार्यक्रम भएको पुष्टि गरे ।
‘चितवनमा प्राविधिक स्कूलका प्रिन्सिपल र लेखा नियन्त्रकलाई राखेर २६ र २७ गते कार्यक्रम भएको थियो,’ आचार्यले भने, ‘यसअघिको कार्यक्रम रिभ्यू र अबको कार्यक्रम कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’
टोली त्यहाँबाट महोत्तरीको बर्दिबास गयो तर उपसचिव आचार्य भने बर्दिबास नगएको सीटीईभीटी योजना शाखाका प्रमुख आचार्यले बताए ।
‘त्यस्तै कार्यक्रमका लागि हामी त्यहाँबाट बर्दिबास गइयो, तर जय सर जानुभएन, बरु सहसचिव बैकुण्ठ अर्याल सर भने पुग्नुभएको थियो,’ आचार्यले भने, ‘उहाँ अन द वे हुनुहुँदोरहेछ, यसो पसेर छलफलमा सहभागी हुनुभयो ।’
७ दिनको भ्रमण भत्ता बुझेका उपसचिव आचार्य जम्मा २ दिने कार्यक्रममा सहभागी भएको देखियो । डकुमेन्टमा उल्लेख भएपनि कैलाली भने नगएको उनी आफैंले स्वीकारे ।
बाँकी दिन के गर्नुभयो त भन्दा उनले रिपोर्टिङको काम र सीटीईभीटीकै अधिकारीसँग प्लानिङको मिटिङ भएको बताए ।
यी सबै गर्दा पनि ७ दिन पुग्दैन, तर उनले पनि ७ दिनको भ्रमण भत्ता बुझेका छन् ।
***
यी त उदाहरण मात्र हुन् ।
हामीले मन्त्रालयले उपलब्ध गराएको सूचनाबाट र्यान्डम्ली २ नाम छनोट गरी सोधपुछ गरेका थियौं ।
मन्त्रालयमा भ्रमणका नाममा अनियमितता हुने गरेको सूचनालाई पुष्टि गर्ने क्रममा सोधपुछ गरिएका दुवै भ्रमणमा कैफियत भेटियो ।
स्रोतका अनुसार केहीले जाँदै नगएको भ्रमणको भत्ता पनि कागज मिलाएर बुझ्ने गरेका छन् भने केहीले गएको भन्दा बढी दिन देखाएर भत्ता बुझ्ने गरेका छन् ।
व्यक्तिगत काम विशेषले आफ्नै घरगाउँमा जाँदा समेत कागजपत्र मिलाएर भ्रमण भत्ता बुझ्ने गरेको देखिन्छ । तल्ला तहका कर्मचारीको हकमा त इन्सेन्टिभका रूपमा समेत यसरी भत्ता उपलब्ध गराउने गरिएको स्रोतको दाबी छ ।
आर्थिक वर्ष २०७६/०७७ को पहिलो महिना साउनदेखि पुसको पहिलो सातासम्म मन्त्रालयका कर्मचारीहरूले ३ सय ४ पटक काजमा विभिन्न जिल्ला भ्रमण गरेको देखिन्छ ।
५ महिनाको अवधिमा मन्त्रालयमा कार्यरत ७ जना सह–सचिवले ५३ दिन काज भ्रमण गरेका छन् भने उपसचिवहरूले १ सय ३१ दिन भ्रमण गरेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षमा ७२ लाख १० हजार रुपैयाँ भ्रमण भक्ता बापत खर्च भएको र यो आर्थिक वर्षको पहिलो महिनामा १२ लाख ९५ हजार रुपैयाँ खर्च भएको मन्त्रालयको लेखा शाखामा रहेको तथ्यांकमा उल्लेख छ ।
यसबीचमा केही वास्तविक कामका लागि भ्रमण पनि भएका छन् । तर, माथि उल्लेख गरिएजस्तो समस्या धेरैमा रहेको स्रोतको दाबी छ ।
हेर्नुहोस्, चालू आवमा जिल्ला भ्रमणको सूची:
माथिको सूची हेर्दा अर्को आश्चर्यजनक कुरा के पनि छ भने गणतन्त्र आएको १३ वर्ष बितिसक्दा पनि लेटरहेडमा श्री ५ को सरकार लेखिएको छ ।
२०६३ साल जेठ ५ गते प्रतिनिधि सभा घोषणामार्फत श्री ५ को सरकारलाई नेपाल सरकार बनाइएको थियो ।
मन्त्रालयका अधिकारी स्वीकार्छन्– समस्या छ
मन्त्रालयका प्रवक्ता दीपक शर्मा शत्प्रतिशत सही भएको छ भनेर भन्न नसकिने बताउँछन् । ‘शत्प्रतिशत सही भएको छ भनेर त भन्न सकिन्न, तर मलाई विस्तृत जानकारी पनि छैन,’ प्रवक्ता शर्माले लोकान्तरसँग भने ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुख युवराज सुवेदी भ्रमणमा बेथिति रहेको स्वीकार्छन् । तर, जाँदै नगएकालाई भ्रमण भत्ता भने नदिइएको उनको दाबी छ ।
‘२ दिन भ्रमण गरेर ४ दिनको भत्ता लिएका चाहिँ हुनसक्छन्, तर जाँदै नगएकाले भत्ता लिएको अवस्था भने छैन,’ सुवेदीले लोकान्तरसँग भने ।’
भ्रमणका सबालमा देखिएका बेथितिलाई आफूहरूले सुधार्दै लगेको उनले बताए ।
‘बिग्रियो भनेर हामीले सुधार गरेको हो,’ सहसचिव सुवेदीले भने, ‘गत वर्षको र यस वर्षको डाटा हेर्नुस् न, आकाश र जमिनको फरक छ ।’
मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख इन्द्रमणि पोखरेल चालू आर्थिक वर्षबाट भ्रमण भत्तामा कडाइ गरिएको जिकिर गर्छन् ।
‘अघिल्लो आर्थिक वर्षको तुलनामा हामीले अहिले धेरै कडाइ गरेका छौं, एक जनालाई एकपटक भन्दा बढी भत्ता दिएका छैनौं,’ पोखरेलले भने ।
भ्रमण भत्ता दाबी गरिएका कतिपय कागजातलाई आफूहरूले रोकेको उनले बताए ।
‘काजमा नगएको दिनमा पनि भ्रमणबापतको सुविधा माग्ने गरी निवेदन आएका छन्, त्यस्ता निवेदनलाई हामीले रोकेका छौं,’ भत्ता रोकिएका कागज देखउँदै उनले भने ।
उपसचिवसम्मको काज सम्बन्धित महाशाखा प्रमुख वा सहसचिवबाट स्वीकृत गर्ने प्रचलन रहँदै आएकोमा अहिले सचिवले मात्रै स्विकृत गर्ने परिपाटी बसालिएको उनको भनाइ छ ।
कति पाउँछन् भ्रमण भत्ता ?
पदाधिकारी तथा कर्मचारीहरूलाई भ्रमण भत्ता उपलब्ध गराउने सम्बन्धमा भ्रमण खर्च नियमावली– २०६४ छ । नियमावलीको नियम ५ मा भत्ता पाउने पदाधिकारी तथा कर्मचारीको वर्गीकरण गरिएको छ ।
हेर्नुहोस्, कानूनी वर्गीकरण :
५. भ्रमण खर्च पाउने पदाधिकारी वा कर्मचारीको वर्गीकरण
उपनियम (१) यस नियमावली बमोजिम सुविधा उपलब्ध गराउने प्रयोजनको लागि देहायका पदाधिकारी वा कर्मचारीलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ :–
(क) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका– संसदका सभामुख, उपप्रधानमन्त्री वा मन्त्री – अतिविशिष्ट तह
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरह वा सो भन्दा माथिल्लो पदमा बहाल रहेका अन्य पदाधिकारी – विशिष्ट तह
(ग) जिल्ला अदालतका न्यायाधीश वा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका कर्मचारी – प्रथम तह
(घ) राजपत्राङ्कित द्वितीय श्रेणी र तृतीय श्रेणी वा सो सरहका कर्मचारी – द्वितीय तह
(ङ) राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी – तृतीय तह
(च) सवारी चालक तथा श्रेणीविहीन कर्मचारी – चतुर्थ तह
हेर्नुहोस्, भ्रमण भत्ताको अनुसूची :
यसका अलाबा सवारी साधन भाडा पनि दाबी गर्न पाइन्छ ।
आर्थिक प्रशासन शाखा प्रमुख इन्द्रमणि पोखरेलका अनुसार विमानमा यात्रा गरेको भए टिकट बुझाएर त्यस बराबरको रकम लिन सकिन्छ ।
गाडी प्रयोग गरेको हकमा यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादरअनुसार रकम उपलब्ध गराइने गरेको उनले बताए । त्यसका लागि टिकट उपलब्ध गराउनु पर्दैन ।
बसपार्क वा विमानस्थलसम्म जान ट्याक्सी भाडा प्रयोजनका लागि एउटा भ्रमणमा बढीमा एक हजारसम्म उपलब्ध गराउने गरिएको उनको भनाइ छ ।
यस्तो छ भुक्तानी प्रक्रिया
शिक्षा मन्त्रालयकी सूचना अधिकारी दिव्या दवाडीका अनुसार अधिकृत तहसम्मको भ्रमण आदेशको स्विकृति मन्त्रालयका सहसचिव स्तरबाट हुने गरेको छ ।
उपसचिवभन्दा माथिको हकमा सचिव स्तरबाट हुने गरेको दवाडीले बताइन् ।
भ्रमण गरेर आइसकेपछि सम्बन्धित कामको प्रमाणित कागजसहित प्रगति प्रतिवेदन समावेश गरेर भुक्तानीका लागि निवेदन दिने प्रक्रिया छ ।
आर्थिक प्रशासन महाशाखा पोख्रेल कार्यालय सहयोगी र सवारी चालकको हकमा भ्रमण भत्ता भुक्तानीका लागि प्रतिवेदन अनिवार्य नगरिएको बताउँछन् ।
हेर्नुहोस्, लोकान्तरका यसअघिका खोज समाचारहरू : लोकान्तर खोज विशेष
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...