×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीले गरे सांसद चुन्न मतदान

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त १८ जना सदस्यका लागि सातवटै प्रदेशमा मतदान भइरहेको छ । बिहान १० बजेदेखि शान्तिपूर्णरूपमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मतदानका लागि मुख्यमन्त्रीदेखि प्रदेशका मन्त्री तथा जनप्रतिनिधिहरू लाइन लागेका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ललितपुरको जावलाखेलस्थित खेल मैदानमा पुगेर मतदान गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पौडेलसँगै आन्तरिकम मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पनि मतदान गरेका छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि दाङ पुगेर मतदान गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको दिपालयमा मतदान शुरू भएको हो ।

प्रदेश सभाका सदस्य, महानगर, उपमहानगर र नगरपालिकाका मेयर/उपमेयर तथा गाउँपालिका  अध्यक्ष/उपाध्यक्षले राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान गर्न पाउँछन् ।

स्थानीय तहका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष गरी १५०६ तथा प्रदेश सभाका ५५० गरी कूल २०५६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ ।

फागुन २० गते रिक्त हुन लागेका १९ सीटमध्ये १८ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । एक सदस्य भने राष्ट्रपतिले मनोनित गर्नेछिन् ।

हेर्नुहोस्, मतदानका तस्वीरहरू :

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x