×

NMB BANK
NIC ASIA

गण्डकीमा नेकपा र कांग्रेसका १/१ जनाले गरेनन् मतदान

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त १८ जना सदस्य चयनका लागि बिहीवार सातै प्रदेशमा मतदान भएको छ । यसैक्रममा गण्डकी प्रदेशमा पनि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पोखराको राष्ट्र बैंक चोकस्थित जिल्ला निर्वाचन कार्यालय परिसरमा मतदान व्यवस्था मिलाइएको थियो । मतभारका हिसाबले गण्डकीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवारको जित सुनिश्चितजस्तै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतदानमा नेकपा र कांग्रेसका १/१ जना अनुपस्थित भएका छन् । नेकपाका तर्फबाट दामोदर कुण्ड गाउँपालिका मुस्ताङका अध्यक्ष छोम्तेन लोप्चन र कांग्रेसको तर्फबाट सिरानचोक गाउँपालिका गोरखाकी उपाध्यक्ष  रिता देवकोटा मतदानमा सहभागी नभएका हुन् ।


Advertisment
Nabil box
Kumari

नेकपाबाट अन्यमा पार्टी प्रवक्ता समेत रहेका गोेरखाका नारायणकाजी श्रेष्ठ र महिलातर्फ तनहुँकी भगवती न्यौपाने उम्मेदवार छन् ।

Vianet communication
Laxmi Bank

मतदानका लागि गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निर्वाचन कार्यालय परिसरमा पुगेका थिए ।

२ सदस्यका लागि गण्डकीमा ५ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवैै पदमा मनोनयन दर्ता गराएकोमा प्रदेश र प्रतिनिधिसभाको उपचुनावमा सहकार्य गरेको राष्ट्रिय जनमोर्चाले एक पदमा मात्रै उम्मेदवारी दिएको छ ।

कांग्रेसबाट अन्यमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी र महिलातर्फ म्याग्दीकी बिमला गौचन प्रतिस्पर्धामा छन् । जनमोर्चाबाट कास्कीका शंकर बरालमात्र छन् ।

गण्डकीमा सुरेन्द्र पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिएपछि यहाँ चुनाव भएको हो ।

गण्डकीमा नेकपाबाट पूरा कार्यकाल पाउनेमा अन्यतर्फ गणेश तिमिल्सिना, दीननाथ शर्मा, महिलातर्फ शान्ति जिसी र दीपा गुरुङ छन् भने दलितमा खेमबहादुर विक यसअघि नै निर्वाचित भएका थिए भने कांग्रेसका प्रकाश पन्थ अपाङ्गता कोटाबाट सांसद बनेका छन् ।

गण्डकीमा नेकपाको मतभार एकलौटी छ । नेकपाका १ सय २३ मतदाता छन् भने कांग्रेससँग ९८ र राष्ट्रिय जनमोर्चासँग ६ मत छ । समाजवादी पार्टी र राप्रपाको २/२ मत छ ।

मतभार हिसाब गर्दा नेकपाको मात्रै ३ हजार ४ सय १४ मतभार छ भने कांग्रेससँग २ हजार १ सय ९६ मतभार छ । नेकपाबाहेक अरू सबै पार्टी मिल्दा पनि चुनाव जित्न मत पर्याप्त हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x