मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
माघ ९, २०७६
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् ।
नेकपा उम्मेदवारहरू महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानले जीत हात पारेका हुन् ।
नेकपा उम्मेदवार पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामपृत पासवानले ४ हजार ७ सय ४ मत पाए ।
यसैगरी नेकपा–राजपा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपाकी तुलसा दाहालले ५ हजार २ सय ८ मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।
प्रदेश २ मा नेकपा र राजपाले २/२ सीट भागबण्डा गर्दै गठबन्धन गरेका थिए । कांग्रेस र समाजवादी पार्टी पनि गठबन्धन बनाएर चुनावमा होमिएका थिए ।
नेकपा–राजपा मतभार हिसाब गर्दा स्पष्ट जीत हुने देखिएपनि अन्तरघातको डर थियो । सोही कारण दुवै दलले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई हिजोदेखि नै एकसाथ राखेर कडा निगरानी गरेका थिए ।
यससँगै नेकपाका दुवै उम्मेदवारले बाजी मारेका छन् । गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका राजपाका २ उम्मेदवारको भने नतिजा आउन बाँकी छ ।
१८ सदस्यका लागि भएको चुनावमा नेकपाले १६ उम्मेदवारलाई मैदानमा उतारेको छ । त्यसमध्ये ४ जना विजयी भइसकेका छन् ।
अन्य प्रदेशमा नेकपा जित्नेमा ढुक्क छ ।
मतभारका हिसाबले प्रदेश २ मा मात्र कडा प्रतिस्पर्धा हुने देखिएको थियो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...