/* Sketch */
×

वर्षौंदेखि प्लास्टिकले लाज छोप्दै ऐतिहासिक महत्त्वको धरोहर

नेपालको प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको यो ग्यालरी बैठक वर्षौंदेखि प्लास्टिक ओढेर बसिरहेको छ । राणाकालीन समयमा झण्डै १ सय ५० वर्षअगाडि कलात्मक शैलीमा बनेको यो ग्यालरी बैठकबाटै पटक–पटक नेपालको संविधान जारी भएका थिए । २०७२ सालमा गएको विनासकारी भूकम्पपछि यो भवनलाई प्लास्टिक ओडाएर राखिएको छ । २००४ सालमा नेपालको वैधानिक कानून जारी गरेदेखि भारदारी सभा, प्रतिनिधि सभा र राष्ट्रिय पञ्चायतको बैठक यही भवनमा बसेका थिए । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०६४ सालमा संविधान सभा निर्वाचन नहुञ्जेल यही भवनमा संसद्को बैठक बस्ने गरेको थियो । तर पाँच वर्षदेखि यो भवनले सरकारलाई गिज्याइरहेको छ । ऐतिहासिक महत्त्व बोकेको यो संरचनाको भित्तामा रूख उम्रिन थालेका छन् । अन्य क्षेत्रमा पुनःनिर्माणको काम सकिन लाग्दा समेत सिंहदरबारको मुटुमा रहेको यो भवनले कहिले त्राण पाउला ? कतिलेसम्म यो बिजोक देखाएर राख्ने ?

कमेन्ट गर्नुहोस्