/* Sketch */
×

‘कमिसनखोर’हरूले माल पाएर चाल नपाएपछि...

अहिले पनि मानिसहरू एम्बुलेन्स अभावमा अस्पताल नपुगी बाटोमै मृत्युवरण गरिरहेका हुन्छन् । एम्बुलेन्स अभावमा दुर्गम क्षेत्रमा स्टेचरमै राखेर बिरामीलाई स्वास्थ्य केन्द्रमा लगिने गरेको छ । तर, राजधानी काठमाडौंका ठूला अस्पतालमा एम्बुलेन्स प्रयोगविहीन बनेर बसिरहेका छन् । देशकै जेठो वीर अस्पतालको बाहिर देखिएको यो दृष्यले ‘माल पाएर चाल नपाउने’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । जापानमा काम गर्ने नेपालीले आफ्नो छाक काटेर दिएको यो एम्बुलेन्सलाई यसरी डम्पिङ साइडमा थन्क्याउनु सम्पत्तिको दुरुपयोग हो । कसैले चन्दा उठाएर दिएका एम्बुलेन्सलाई यसरी दुरुपयोग गर्ने र कमिसनका लागि नयाँ एम्बुलेन्स किन्ने प्रवृत्ति सरकारी निकायमा देखिएको छ । मर्मत गरेर चलाउने अवस्थामा रहेको एम्बुलेन्सलाई यसरी खिया लाग्न दिनेमाथि होला कारवाही ?

कमेन्ट गर्नुहोस्