/* Sketch */
×

महंगा गाडीमा घाँस फलाउँदै सिंहदरबार !

सरकारी कामकाजका लागि नयाँ सवारी साधन खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर भइरहेका सवारी साधनको उचित मर्मतसम्भार नहुँदा राज्यको सम्पत्ति कुहिएर गइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पार्किङस्थलमा अलपत्र छाडिएको यो गाडीमा घाँस उम्रेको छ । एकातिर राज्यको सम्पत्ति संरक्षण गर्न नसक्ने अर्कोतिर संरक्षण अभावमा कवाडी बनेका गाडीलाई यसरी अलपत्र छाड्दा सिंहदरबारको सौन्दर्यमा दाग लागेको छ । यसतर्फ कसले सोच्ने ? को जवाफदेही हुने ? हामी कहिले जिम्मेवार बन्ने ? यो तस्वीरले यातव प्रश्न जन्माएको छ ।

कमेन्ट गर्नुहोस्