/* Sketch */
×

अन्तको कुरै छाडौं सिंहदरबारभित्रैको दुर्दशा देख्दैन राज्य !

सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका संकेत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै दुर्दशा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसँगैको ट्राफिक चिन्ह राखिएको साइनबोर्डको पनि छ । ट्राफिक चिन्हको अक्षर प्रस्ट देखिँदैन । दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुना लगायत भीभीआईपी र भीआईपीहरू ओहोरदोहोर गर्ने यी सबैभन्दा महत्त्वपूर्ण ठाउँ हुन् । सिंहदरबार त देशको प्रशासनिक केन्द्र नै हो । सभ्य, भव्य र संस्कारयुक्त देखिनुपर्ने अनि अन्य ठाउँका लागि पनि पाठ बन्नुपर्ने ठाउँमै यो दुर्दशा छ भने दूरदराजका समस्या राज्यले कहिल्यै सुन्ला ? यी कुरामा कहिले जान्छ राज्यको ध्यान ? कहिले बन्छन् हाम्रा सरकारी निकायहरू जिम्मेवार ?

कमेन्ट गर्नुहोस्