/* Sketch */
×

सरकारी सम्पत्तिको सत्यानाश ! थुपार्ने मात्र, संरक्षण गर्नु नपर्ने ?

नेपाल प्रहरी विपत व्यवस्थापन विभाग सामाखुशीको प्रांगणमा राखिएका पुराना गाडीको विद्रुप तस्वीर । वर्षौंदेखि अलपत्र छाडिएका यी गाडीका पाटपूर्जा खिया लागेर काम नलाग्ने भएका छन् । नयाँ गाडी किन्ने तर पुरानाको संरक्षण नगर्ने अन्य सरकारी कार्यालयको प्रवृत्ति प्रहरीमा पनि देखिएको छ । सरकारी सम्पत्ति कुहिँदै गरेको यो ठाउँ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को निवासनजिकै पर्छ । सरकारी सम्पत्ति यसरी कुहिएर जानुभन्दा काम लाग्ने गाडी मर्मत गरेर चलाउने, काम नलाग्ने गाडी लिलामीमा बेच्न सक्यो भने राजधानी यति प्रदूषित हुने थिएन कि ? यस्ता कबाडीले राजधानीको सोभा बढाउँछ कि घटाउँछ ? सम्बन्धित निकाय तथा व्यक्तिको चेत कहिले खुल्ने ?

कमेन्ट गर्नुहोस्