×

NMB BANK
NIC ASIA

लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकामा निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ ।

Muktinath Bank

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ५ कार्यालय नजिकै सञ्चालनमा ल्याइएको उक्त परामर्श केन्द्रको बिहीवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाट्नपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागूऔषध प्रयोगकर्तालाई दण्ड होइन, परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताए ।


Advertisment
Nabil box
Kumari

बुटवलमा सञ्चालित केन्द्रबाट लागूऔषधको नियन्त्रण हुने विश्वास व्यक्त गर्दै प्रहरी प्रमुख खनालले लागूऔषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान नै शुरू गरेको बताए ।

Vianet communication
Laxmi Bank

महानिरीक्षक खनालले भारतसँगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसारपसारका अपराधहरू हुने गरेको उल्लेख गर्दै समुदायको सहयोगले मात्र लागूऔषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताए ।

कुनै पनि पहुँच वा ओहादाको भएपनि अपराधीलाई उन्मुक्ति नदिइने र लहलहैमा कुलतमा फसेकालाई परामर्शमार्फत पुनस्थापना गर्न केन्द्रको स्थापना गरिएको उनको भनाइ थियो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले युवा पुस्तामा लागूपदार्थ सेवनको कुलत हट्न नसकेकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायबीच सामूहिक प्रयास जरुरी रहेको धारणा व्यक्त गरे ।

लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि बुटवलमा स्थापित कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रलाई सेवा केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै लागूऔषधको प्रयोग र कारोबारमा संलग्नलाई निरुत्साहित गर्न सहकार्य गरिने प्रमुख सुवेदीको भनाइ थियो । 

लागूऔषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि खुलेका निजी केन्द्रहरूमा चर्को शुल्क दिने गरेको र राम्रोसँग उपचार नहुने गरेका गुनासाहरू आइरहेको बताउँदै प्रमुख सुवेदीले बुटवलमा शुरू भएको निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने दाबी गरे ।

कार्यक्रममा परामर्श केन्द्र सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमबहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

बुटवलको वडा नम्बर ५ को कार्यालय परिसरमा यो परामर्श केन्द्र स्थापना गरिएको छ । यहाँ दक्ष परामर्शदाताले नियमित सेवा प्रदान गर्नेछन् । अपराध विरुद्धको समुदायको सहकार्यका लागि पनि यसखालको परामर्श केन्द्र उपयोगी हुने बताइएको छ । 

कार्यक्रममा प्रदेश सभाका सदस्य सन्तोष पाण्डे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रहरी कार्यालयका वसन्त थापा, महिला अगुवा रीतासेन ओलीलगायतले शान्ति सुरक्षा कायम राख्ने काममा प्रहरी र नागरिकको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x