×

NMB BANK
NIC ASIA

छिमेकी तनहुँमा निरन्तर चितुवाको आक्रमणबाट बालबालिकाको मृत्युको घटना दोहोरिँदा कास्कीमा पनि आतंक फैलिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पोखरा महानगरपालिका वडा ३२, कोठेडाँडाकी एक बालिकालाई चितुवाले आक्रमण गरी मारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितुवा आक्रमणबाट ज्यान गुमाउनेमा ७ वर्षीया पूजा बिक हुन् । स्थानीय चन्द्रज्योति आधारभूत विद्यालय कक्षा ३ मा पढ्ने उनी दीपक बिक र अप्सरा बिककी छोरी हुन् ।  


Advertisment
Nabil box
Kumari

बिहीबार साँझ छिमेकीको घरमा खेल्न गएकी पूजा घर नफर्केपछि उनको खोजतलास भएको थियो । 

Vianet communication
Laxmi Bank

उनीको खोजीका लागि परिवारका सदस्य सहित छिमेकीले हारगुहार गरे । अन्ततः राति ९ बजे नजिकैको जंगलमा उनको शरीरको अंग फेला पर्‍यो । रुवाबासी चल्यो । उनलाई चितुवाले आक्रमण गरेको रहेछ । बालिकाको खुट्टा र टाउको बाहेक अरु सबै अंग चितुवाले खाएको अवस्थामा शव भेटिएको पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

चितुवाले बालिका खाएपछि यतिखेर स्थानीय त्रासमा छन् । गाउँको वरपर जंगल रहेकाले घटना दोहोरिन सक्ने भन्दै गाउँले त्रासमा रहेको वडाध्यक्ष कार्कीले बताए ।

घटनास्थलमा डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वको प्रहरी टोली राति नै पुगेको र स्थानीय, जनप्रतिनिधि र प्रहरी मिलेर नरभंक्षी चितुवा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

नजिकैको तनहुँमा चितुवा आक्रमणबाट २१ महिना अवधिमा ९ बालबालिकाको ज्यान गएको छ । तनहुँको भानु, शुक्लागण्डकी नगरपाकिला र आबुखैरेनी गाउँपालिकामा गरी ९ जना बालबालिकाको ज्यान गएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x