×

NMB BANK
NIC ASIA

राष्ट्रपति सीसँग लुकाइएको त्यो सूचना जसका कारण कोरोना भाइरस भयावह रूपमा फैलियो !

माघ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसको संक्रमण राष्ट्रपति सी चिनफिङको आठ वर्षे नेतृत्वको सबभन्दा ठूलो चुनौतीका रूपमा उदाएको छ । 

Muktinath Bank

गत डिसेम्बर महिनाको अन्त्यतिर पत्ता लागेको यो रोग तीव्र गतिमा फैलिरहेको छ । यसले गर्दा चिनियाँ अधिकारीहरूले वुहान र त्यस वरपरका क्षेत्रमा अभूतपूर्व नाकाबन्दी गरेका छन् र लाखौं मानिस घरमा थुनिन बाध्य छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत जनवरी २३ मा यो कठोर कदम चालिएयता चीनको सामाजिक सञ्जालमा आक्रोश बढिरहेको छ । केही मानिसले जनतालाई अधिकारीहरूले सूचना लुकाएको र भाइरस पहिलोपटक पत्ता लागेपछि प्रतिक्रिया जनाउन ढिलाइ गरेको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

संक्रमणका कारण ६३६ जनाको मृत्यु भइसकेको छ भने कम्तीमा ३१ हजार १६१ जना बिरामी परेका छन् । 

Vianet communication
Laxmi Bank

शुक्रवारै वुहान सेन्ट्रल हस्पिटलले डा. ली वेनलियाङको भाइरसकै कारण मृत्यु भएको जनाएको छ । उनले यस भाइरसको बारेमा अग्रिम चेतावनी दिएका थिए र उनको चेतावनीका कारण अधिकारीहरू चिढिएका थिए । 

जनतामा आक्रोश र निराशाको स्थिति रहँदा चीनको सबभन्दा शक्तिशाली निकाय पोलिटब्युरो स्थायी कमिटीले यसै हप्ताको शुरूतिर भाइरस संक्रमण रोक्न ‘कमजोरी र कठिनता’ देखिएको स्वीकार गरेको थियो । उसले यसका विषयमा थप विवरण नदिएपनि यसरी गल्ती स्वीकार गर्नु दुर्लभै हो । 

स्थायी कमिटीको बैठकको अध्यक्षता गरेका राष्ट्रपति सीले ‘महामारी फैलिनबाट रोक्नका लागि दृढ काम गर्न’ आह्वान गरेको अनि कमिटीको आदेशको अवज्ञा नगर्न चेतावनी दिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनायो । 

कमिटीका सदस्यहरूले पनि यो संक्रमण ‘चीनको प्रणाली र शासन गर्ने क्षमताको ठूलो परीक्षण’ भएको बताए अनि ‘यो अनुभवको सार खिचेर यसबाट पाठ पढ्नुपर्ने’ भने भनी सिन्ह्वा लेख्छ । 

केही विश्लेषकहरूका अनुसार, संक्रमणले देशमा कठोर रूपमा नियन्त्रण गरिएको राजनीतिक प्रणालीलाई कस्तो असर पार्छ भन्ने विषयमा चीनका शीर्ष नेताहरूमा चिन्ता बढिरहेको संकेत यस बयानले दिन्छ । 

विश्व स्वास्थ्य संगठनले भाइरस फैलिनबाट रोक्नका लागि चीनले असाधारण उपाय अपनाएको र वैज्ञानिकहरूले तीव्र गतिमा भाइरसको जिनोम पत्ता लगाएको भनी प्रशंसा गरेको भए पनि एकजना विज्ञले फाइनान्सियल टाइम्सँग कुरा गर्दै संक्रमणको शुरूआती चरणमा अधिकारीहरूले पर्याप्त कदम नचालेको बताए । 

विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी कमिटीका एक सदस्य जोन म्याकेन्जीले वुहानका अधिकारीहरूले ‘संक्रमित मानिसको संख्या केही समयका लागि लुकाउन चाहेको’ बताए । 

वुहानका मेयर चो सियानवाङले पछि सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै स्थानीय सरकारको काम ‘त्यति राम्रो नभएको’ भन्दै राजीनामाको प्रस्ताव गरेका थिए । संक्रमणको सूचना तत्कालै शेयर नगरिएको पनि उनले बताए तर त्यसका लागि कर्मचारीतन्त्र दोषी रहेको उनको भनाइ थियो । 

सिंगापुरमा रहेको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीमा चाइना प्रोग्रामका संयोजक ली मिङजियाङले स्थानीय अधिकारीहरूबाट ‘ठूलै भूल’ भएको र सीलाई यस विषयमा चाँडै जानकारी दिएको भए उनले छिटो यसलाई रोक्नका लागि काम थाल्न निर्देशन दिने थिए भने । 

लीका अनुसार, त्यसयता सी नेतृत्वको सरकारले संक्रमण थप फैलिन नदिनका लागि निर्णायक कदम चालेको छ र रोगीहरू राख्न ठूलठूला अस्पताल केही दिनभित्रै बनाएको छ । 

अनि चीनले अर्थतन्त्र अस्थिर भएपछि त्यसको न्यूनीकरणका लागि बजारमा १७४ अर्ब डलर तरलता पनि प्रवाह गरेको छ । 

शुक्रवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुरा गर्दै सीले संक्रमण रोक्ने लडाइँमा कुनै पनि कसर बाँकी नराखेको बताएको सरकारी सञ्चारमाध्यमले लेख्यो । सीको फोन आएको पुष्टि गर्दै ह्वाइट हाउसले एक बयान जारी गरेर भाइरससँगको लडाइँ लड्नमा सीको नेतृत्वमा ट्रम्पले ‘विश्वास’ गरेको जानकारी दियो । 

लन्डन विश्वविद्यालयमा चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ त्साङले यो स्थितिको जिम्मेवारी राष्ट्रपति सीले लिनुपर्ने बताए ।

‘एकातिर उनी चीनका विवादरहित, चुनौतीरहित नेता भन्ने अनि उनको नेतृत्वमा भाइरस संक्रमण रोक्ने काम गतिलो नभएको तर त्यसका लागि उनी जिम्मेवार नरहेको भन्ने कुरा हुँदैन,’ त्साङले भने । सीले यो संकटको सामना निकै नराम्ररी गरेको उनले थपे । 

कोरोनाभाइरस संकटका विषयमा सार्वजनिक आक्रोश बढेमा सीले थप कठोर नियन्त्रण गर्न त्साङको अनुमान छ । 

एसिया–प्यासिफिक राजनीतिक विश्लेषक रिचर्ड जवाद हेदारियनले सीको ‘व्यक्तिपूजा प्रचलन’ समस्याको जड भएको बताए किनकि स्थानीय अधिकारीहरूले बेइजिङलाई भाइरस संक्रमणको ‘खराब समाचार’ दिन डराए । 

‘सी चिनफिङले सत्तालाई आफैंमा केन्द्रीकृत गरेर माओकालीन झल्को दिएका छन्,’ उनले भने । 

सीको क्रोधबाट डराएका स्थानीय अधिकारीहरूले स्थिति लुकाउन खोजेको जबकि स्वास्थ्य अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई नयाँ भाइरसका बारेमा सचेत गराउन खोजेको उनको भनाइ छ । 

‘वैज्ञानिकहरू अपेक्षा गरेभन्दा बढी छिटो थिए । तर चीन आफ्नै जनताप्रति खुला थिएन र देशमा भाइरससँग लड्नका लागि आवश्यक उपाय अपनाउनुपर्नेमा निकै ढिलासुस्ती गरियो,’ हेदारियनले थपे । 

डिसेम्बर ३१ मा चिनियाँ स्वास्थ्य अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई अज्ञात कारणको निमोनियाको बारेमा सूचना दिएकाले बेइजिङस्थित केन्द्रीय सरकारलाई वुहानमा रोग फैलिरहेको जानकारी पहिले नै भएको तर उसले तत्काल काम नथालेको उनले बताए । 

कोरोनाभाइरस संक्रमणले चिनियाँ अर्थतन्त्रलाई पनि असर पारेको छ र यो संकट आउनुभन्दा केही समयअघि नै अर्थतन्त्रमा थोरबहुत समस्या रहेको काल्भिन चेङले बताए । उनी मलेसियाको क्वालालम्पुरमा रहेको इन्स्टिच्युट अफ स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजमा चीनको अर्थतन्त्र तथा व्यापारविज्ञका रूपमा काम गर्छन् । 

उनका अनुसार, अल्पकालमा यो संकटले खर्चगराइलाई सुस्त बनाएको छ किनकि मानिसलाई हिँडडुलमा प्रतिबन्ध लगाउँदा अनि पसलहरू बन्द हुँदा धेरै मानिस नयाँ वर्षको उत्सव चलिरहँदा समेत घरैमा बसिरहेका छन् । 

ब्लूमबर्गको एक रिपोर्ट अनुसार, संक्रमणका कारण नयाँ वर्षको बिदामा हुने १४० अर्ब डलर बराबरको खर्च हुन पाएन । अनि एक चिनियाँ अर्थशास्त्रीले संक्रमणका कारण आर्थिक वृद्धि ५ प्रतिशतभन्दा कम हुन सक्ने बताए । 

दीर्घकालमा यसले औद्योगिक उत्पादनमा समेत अवरोध ल्याउन सक्छ किनकि धेरै कामदारहरू काममा फर्किन नसक्दा कारखानाको कमाइमा पनि असर पर्छ अनि कामदारको आय पनि हुन पाउँदैन, चेङले थपे । 

त्यसले चीनलाई मात्र नभई बाँकी विश्वलाई समेत असर पार्न सक्छ । तर यसले दीर्घकालमा सीको राजनीतिक नेतृत्वमा उल्लेख्य असर पार्ने कुरामा शंका रहेको चेङको भनाइ छ । 

‘स्थानीय अधिकारी र अन्य प्रान्तीय अधिकारीहरूले जनताको बढी आलोचना खेप्नुपरेको छ किनकि सीको आलोचना कसैले गर्न सक्दैन,’ उनले भने ।

अल–जजीरामा प्रकाशित टेड रिजेन्सियाको रिपोर्ट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x