×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेश सरकार फेर्ने र केन्द्र सरकारमा सामेल हुने विषयमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूबीच विवाद बढेको छ । अध्यक्षमण्डलका ६ जना सदस्य नै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगको सम्बन्धलाई लिएर दुई धारमा विभाजित छन् ।

Muktinath Bank

अध्यक्षमण्डलका नेताहरूमध्ये संयोजक महेन्द्रराय यादव र सदस्य महन्थ ठाकुर सरकारमा जान नहुने पक्षमा देखिएका छन् । सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा जाने पक्षमा देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत बुधवार बिहान नेता ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ठाकुरसँग प्याकेजमै सहमति गर्ने प्रस्ताव राखे । 


Advertisment
Nabil box
Kumari

'प्रधामन्त्रीजीले प्रदेश २ को सरकार फेर्ने, उपसभामुख राजपालाई दिने, संवैधानिक आयोगका पदाधिकारी र राजदूत नियुक्तिको भागबण्डामा राजपालाई सामेल गर्ने लगायतका विषय प्याकेजमै हल गरौं भन्नुभयो,' स्रोतले लोकान्तरलाई बतायो ।

Vianet communication
Laxmi Bank

भेटमा ठाकुरले रेशम चौधरीलाई रिहा गर्न पहल गर्नुपर्ने माग राखेका थिए । 'त्यसमा पनि छलफल गरौँ, पहिला तपाईंहरू केन्द्रीय सरकारमा सामेल हुने निर्णय गर्नुस्,' ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

'उहाँ रेशम चौधरीलाई जेलमुक्त गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयमा छलफल गर्न बालुवाटार जानुभएको हो,' ठाकुरनिकट स्रोतको दाबी छ, 'सरकारमा सामेल हुनेबारे पार्टीले कुनै औपचारिक निर्णय गरेको छैन । अहिले यही अवस्थामा सरकारमा जान अन्य नेताहरू पनि सकारात्मक हुनुहुन्न ।'

ठाकुर पहिल्यैदेखि सरकारमा जान इच्छुक थिएनन् । बरू उनले अदालतबाट दोषी ठहर भएका टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको रिहाईलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

राजपाका सर्वसम्मत र जेष्ठ (अभिभावक) नेता भएकाले पनि त्यो दायित्व उनको काँधमा बढी छ ।

राजपाले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग बारम्बार गर्ने गरेको छ । तराई मधेशमा भएका आन्दोलनका घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोजमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक छानबिन आयोग गठन गरेको थियो ।

आयोगले एक वर्ष लगाएर छानबिन गरिसकेपछि २०७४ माघमा एउटा प्रतिवेदन सरकारलाई बुझायो । सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न मानिरहेको छैन । तराई–मधेशमा भएका आन्दोलनका कतिपय घटनामा प्रतिवेदनले राज्य पक्षलाई पनि दोषी मानेकै कारण सरकारले प्रतिवेदन सार्वजनिक गर्न नमानेको आरोप राजपाको छ । 

प्रतिवेदन सार्वजनिक भए त्यही आधारमा चौधरी लगायत थुनामा रहेका अन्य नेता/कार्यकर्ताको रिहाई सहज बन्ने बुझाइमा राजपा छ । गत आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीलाई जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य दोषी करार गरेको थियो । 

प्रधानमन्त्रीसँगको पछिल्लो भेटमा पनि ठाकुरले रेशम चौधरीका सम्बन्धमा कुरा गरेको स्रोतको दाबी छ ।

राजपाका नेता भने यसबारे अनविज्ञता प्रकट गर्छन् ।

प्रधानमन्त्री ओली र ठाकुरबीच भएको भेटवार्ताका बारेमा आफूलाई केही थाहा नभएको अध्यक्षमण्डलका सदस्य अनिल झाले बताए ।

'उहाँ बालुवाटार गएको मलाई थाहा छैन,' झाले लोकान्तरसँग भने, 'प्रदेश २ को सरकार परिवर्तन र संघीय सरकारमा सामेल हुनेबारे औपचारिक कुरा कहीँ कतै भएको मैले बुझेको छैन ।' 

झाले व्यक्तिगत भेटघाट या अन्य सन्दर्भमा कुनै कुरा भएको भए त्यो ठाकुरको निजी मामिला रहेको टिप्पणी गरे । तर सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र रेशम चौधरीलाई रिहा गर्ने हो भने वातावरण सकारात्मक बन्न सक्ने राजपाका कतिपय नेताहरूले बताउँदै आइरहेका छन् । 

'मुख्यतः सरकारले रेशम चौधरीको रिहाइको वातावरण बनाउनुपर्ने हाम्रो माग हो, त्यो नभएसम्म हामी सरकारमा जाने कल्पना पनि गर्न सक्दैनौं,' राजपाका एक नेताले भने, 'तर सरकारले त्यो गर्न चाहँदैन ।'

२ मन्त्री, एकाध राज्यमन्त्री र उपसभामुख पाए सरकारमा जानुपर्छ र अन्य मागहरू बिस्तारै पूरा गराउँदै जानुपर्छ भन्ने मत पनि राजपामा बलियो रहेको छ । समाजवादी पार्टीले सरकार छाडेपछि शहरी विकास मन्त्रालय र कानून मन्त्रालय खाली छन् । 

अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले माघ १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आफूहरूले उपसभामुख नमागेको स्पष्ट पारेका थिए । 

त्यस्तै गत मंगलवार सर्लाहीको मलंगवामा आयोजित १४औं यादगारी दिवसलाई सम्बोधन गर्दै संयोजक यादवले सरकारमा जान नभई संविधान संशोधन गराउनका लागि सरकारसँग सहमति भएको बताए । 

यादवले आफूनिकट नेताहरूसँग अहिल्यै सरकारमा जान नहुने राय प्रकट गर्दै आइरहेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा राजपाले नेकपासँग २ बुँदे सहमति गरेको थियो । पहिलो बुँदामा प्रदेश २ मा राष्ट्रिय सभा सदस्यका ४ सीटमध्ये २/२ सीटमा तालमेल गर्ने उल्लेख थियो भने दोस्रो बुँदामा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बेहोरा उल्लेख थियो ।

सहमतिको दोस्रो बुँदालाई लिएर त्यही दिनदेखि राजपाले सरकारको यात्रा तय गर्ने अड्कलबाजी राजनीतिक वृत्तमा हुँदै आएको छ ।

शुक्रवार लोकान्तरसँग कुरा गर्दै राजपा अध्यक्षमण्डलका संयोजक यादवले यही परिस्थितिमा सरकारमा जान राजपा तयार नरहेको दोहोर्‍याए । 

'प्रदेश २ को सरकार फेरबदल र संघीय सरकारमा सहभागी हुने विषयमा कहीँ कतै चर्चा चलेको छैन,' यादवले भने, 'यथास्थितिमा त्यो सम्भव पनि छैन । नेकपासँग भएको सहमति राष्ट्रिय सभा सदस्य निर्वाचनको तालमेलका लागि मात्र थियो । त्यो आउटडेटेड भइसक्यो ।'

तर प्रदेश नम्बर २ मा राजपाका तर्फबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी डिम्पलकुमारी झाले राज्यमन्त्रीको पदबाट माघ १४ गते राजीनामा दिएपछि सरकार परिवर्तनको हल्ला चल्यो । 
डिम्पल अध्यक्षमण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् ।

श्रीमतीले प्रदेशमा राज्यमन्त्रीबाट राजीनामा दिएपछि श्रीमान अनिल झा केन्द्रमा मन्त्री हुने हल्ला चलेको थियो । तर अनिल झा स्वयं भने यसलाई निराधार हल्ला भन्छन् ।

'प्रदेश २ को परिस्थिति फरक हो र केन्द्रमा सामेल हुने अलग विषय हो,' झाले लोकान्तरसँग भने, 'दुवै घटनाक्रमलाई अलग–अलग रूपमा लिनुपर्छ ।'

सरकारमा गए कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा पनि राजपामा हानाथाप चलिरहेको छ । अनिल झा आफैं सरकारमा मन्त्री बनेर जान लालायित नेता हुन् भने, शरतसिंह भण्डारी र राजकिशोर यादवको चाहना पनि मन्त्री बन्ने छ । 

अध्यक्ष मण्डलका प्रभावशाली सदस्य राजेन्द्र महतोले भने केन्द्र सरकारमा जानुपर्छ भन्ने पक्षमा आफू रहेपनि मन्त्री बन्ने चाहना नरहेको निकटस्थहरूलाई बताउने गरेका छन् । तर राजपा सरकारमा सहभागी हुँदा महतोको नाम सबैभन्दा पहिला आउने स्रोतको दाबी छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अब राजपाले चाहे दुवै पार्टी एक हुनसक्ने बताएका थिए । 'राजपा सरकारमा गएर आत्महत्या गर्ला जस्तो मलाई लागेको छैन,' यादवले सञ्चारकर्मीहरूसँग भनेका थिए । 

तर त्यसयता दुई दलबीच एकताका विषयमा पनि कुराकानी भएको छैन । नेता ठाकुर सरकारमा नजाने बरू समाजवादीसँग एकता गर्ने पक्षमा देखिए पनि राजकिशोर यादव लगायतका अन्य नेताहरू एकता हुन नदिने अडानमा लागेको स्रोतको दाबी छ । 

सरकार भने राजपालाई भित्र्याउन 'रातो कार्पेट' ओछ्याएर बसिरहेको छ । 

'उपसभामुख र एकाध मन्त्री पाउनेबित्तिकै उहाँहरू आईहाल्नुहुन्छ नि !' लोकान्तरसँग कुरा गर्दै सरकारका एक मन्त्रीले भने । 

ती मन्त्रीका अनुसार दुई ठूला मधेशकेन्द्रित पार्टीहरू मिले संविधान संशोधन लगायतका सन्दर्भमा धेरै दबाब पर्न सक्ने बुझाई सरकारको छ ।  

यता समाजवादी पार्टीका नेता प्रशान्त सिंह सरकारले दुई पार्टीलाई एक हुन नदिन 'पासो' थाप्ने रणनीति अख्तियार गरेको बताउँछन् । 

'संविधान संशोधन गर्छु भन्दै सरकारले तत्कालीन संघीय समाजवादी फोरमलाई सरकारमा ल्यायो, अन्तिममा संविधान संशोधन गर्ने समिति बनाउने प्रस्तावमा पनि प्रधानमन्त्रीले स्टप इट भन्नुभयो र सरकारबाट बाहिरिनुपर्‍यो,' सिंहले लोकान्तरसँग भने, 'राजपालाई पनि यस्तै ट्र्यापमा पार्ने कसरतमा सरकार लागिरहेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x