×

NMB BANK
NIC ASIA

संस्कृति रक्षा

मिथिला संस्कृति फैलाउँदै जनकपुरकी चेली : सीताको १५१ फिटको मूर्ति बनाउने तरखर

माघ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरकी चेली काजल कर्ण अमेरिकाका नागरिक बनेकी छन् । उनी अमेरिकाको टेक्सास शहरमा पति देवेन्द्रलाल कर्णसहित बसोबास गर्दै आएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

उच्च शिक्षा अध्ययनका लागि सन् २००२ मा अमेरिकाको टेक्सास पुगेकी काजल अब अमेरिकाकै नागरिक बनेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का कमल किशोर लाल कर्ण र अञ्जली किरणकी छोरी काजलले एसएलसी तथा प्रविणता तहको अध्ययन पूरा गरेर उच्च शिक्षा अध्ययनका लागि अमेरिकाको टेक्सास पुगिन् ।


Advertisment
Nabil box
Kumari

अमेरिकामै उनले स्नातक तथा स्नातकोत्तरको अध्ययन पूरा गरेर व्यवसाय सञ्चालन गर्दै आएकी छन् । सूचना तथा प्रविधि पृष्ठभूमि रहेको व्यवस्थापन लगानी प्रणाली विषयमा स्नातकोत्तर उत्तीर्ण काजलको सन् २००४ मा बिहे भएपछि अमेरिकामा बसोबास गर्दै आएकी छन् । स्थायी बसोबास अनुमति पत्र (पीआर) समेत पाएकी उनको राहदानी पनि अमेरिकाबाटै जारी भएको छ ।

Vianet communication
Laxmi Bank

काजल व्यवसाय र निजी सुखसयलमा मात्रै सीमित छैनन्, उनले अमेरिकामा मातृभूमि मिथिला तथा मातृभाषा मैथिलीको प्रचारप्रसार समेत गरिरहेकी छन् । अमेरिकामा मिथिला संस्कृतिको प्रचारप्रसार गर्न हरसम्भव प्रयास गरिरहेको उनी बताउँछिन् । मिथिलामा मनाइने हरेक पर्व, त्यौहार तथा संस्कृतिलाई अमेरिकामा पनि भव्य रुपले मनाउँदै आएको उनी बताउँछिन् । 

‘अमेरिकामा बसोबास गर्ने मैथिल समुदायलाई समेट्दै विदेशीका माझमा छठ, दीपावली, होली, दशहरा लगायतका प्रमुख पर्वहरू भव्यताका साथ मनाउने गर्छौं,’ काजलले भनिन्, ‘मैथिल पहिरनमा सजिएर मिथिला संस्कृति अनुसार हरेक पर्व मनाउँछौं ।’ सांस्कृतिक पर्वमा विशिष्ट मिथिला भोजन सहितको परिकार पनि पाक्ने गरेको उनले बताइन् ।

‘हामी आफू पनि खान्छौं र विदेशीलाई पनि खुवाउने गरेका छौं । वर्षमा एक पटक वनभोज आयोजना गरिन्छ,’ उनले भनिन्, ‘त्यसमा विदेशी मूलका व्यक्तिलाई समेत आमन्त्रण गरिन्छ । वनभोजमा मिथिला भोजनको विशिष्ट पहिचान रहेको बरी, करी, तरुवा लगायत परिकार खुवाउने गरिन्छ ।’

काजलले सामाजिक सञ्जाल फेसबूकमा ‘मैथिली डिभा यूएसए’ भनेर फेसबूक पेज सञ्चालन गरेकी छन् । पेजमार्फत उनले मैथिली पहिरन र भोजपुरी नृत्य गरेर मिथिला तथा मैथिलीको प्रवद्र्धन गर्ने गरेकी छिन् । उनले कथककलि, साल्सा लगायतको नृत्य सिकेकी छन् तर मैथिली लोक गीत होस् वा संस्कृतिका गीतहरू नै किन नहोस्, उनले अत्यन्तै आकर्षक तरिकाले फेसबूक लाइभ आएर नृत्य गर्ने गरेकी छन् ।

‘मैले विभिन्न किसिमका नृत्यहरू सिकेकी छु तर म कुनै स्टेज प्रस्तोता पनि होइन,’ उनले भनिन्, ‘तर जब अमेरिकामा कुनै सांस्कृतिक महोत्सवको आयोजना हुन्छ, त्यहाँ मैथिली भाषाको गीतमा भने अवश्य नै मञ्चमै पनि नृत्य गर्ने गरेकी छु ।’ त्यसबापत उनले आयोजकसँग पैसा लिँदैनन् । उनी भन्छिन्, ‘पैसा दिएर मलाई कसैले पनि नृत्य गराउन सक्दैन ।’

अमेरिकामा उनले एउटा नारा नै दिएकी छन्, ‘मिथिला के नारी कत्बो मोडर्न तैयो संस्कारी, दुनियाँ के कोनो कोना मे रहे अपन मातृभाषा स जरुर प्रेम करी ।’ नारा अत्यन्तै लोकप्रिय भएको तथा मातृभाषा प्रतिको प्रेम मैथिली समुदायमा झन्झन् बढेको उनले बताइन् ।

अमेरिकामा मिथिला दिवस घोषणा गराउन सफल

काजलसहित अमेरिकामा बसोबास गर्ने मैथिली समुदायले मिथिला महोत्सवको आयोजना गर्ने गरेको छ । गत वर्ष सन् २०१९ मा पनि न्यूयोर्कमा महोत्सव आयोजना गरिएको थियो ।

अमेरिकामा रहेका मैथिली समुदायको निरन्तर पहल तथा प्रयासका कारण अमेरिकामा गभर्नरले १२ अप्रिललाई मिथिला दिवसको रुपमा घोषणा गरेका छन् । ‘अमेरिकन सरकारले पनि मिथिला दिवसको रुपमा घोषणा गरेको छ,’ उनले भनिन्, ‘अब प्रत्येक वर्ष १२ अप्रिलमा अमेरिकाको अलग–अलग प्रदेशमा मिथिला महोत्सव मनाउने छौं ।’ 

अमेरिकामा ५० वटा प्रदेश छन् । ती सबै प्रदेशमा मिथिला महोत्सव आयोजन गर्नुका साथै भविष्यमा अन्य देशमा समेत महोत्सव आयोजना गर्ने लक्ष्य रहेको उनी बताउँछिन् ।

जनकपुरमा १५१ फिटको सीताको प्रतिमा बनाउँदै

काजल जनकपुर आएकी छन् । उनले सीताको १५१ फिटको प्रतिमा बनाउने तरखर गरेकी छन् । रामायण कालमा सीताले ७ वर्षकै उमेरमा शिव धनुष उठाएकी थिइन्, त्यसैकारण सीताको वर चयन गर्नका लागि राजा जनकले सीता स्वयम्वर आयोजना गरेका थिए, भगवान् रामले धनुष उठाउँदा ३ टुक्रा भएको थियो र सीता–रामबीच विवाह सम्पन्न भएको थियो । त्यही वीराङ्गना योद्धा सीताको अद्वितीय मूर्ति त्रेताकालमा स्वयम्बर भएकै स्थान जनकपुरको रंगभूमि मैदान बारहबिघा मैदानमा बनाउने उनको लक्ष्य छ । त्यही लक्ष्यलाई साकार पार्न उनी हाल जनकपुर आएर पहल गरिरहेकी छन् ।

विश्वमा जहाँ पनि सीता र राम दुवैको साथसाथ मूर्ति वा प्रतिमा बनाइएको छ तर जनकपुर उनको माइत भएको कारण जनकपुरकी योद्धा सीताको छुट्टै १५१ फिटको मूर्ति बनाएर गिनिज बूक अफ वर्ल्ड रेकर्डमा प्रतिमालाई लेखाउने सपना उनले लिएकी छन् ।

अमेरिकाको न्यूयोर्क शहरमा बनेको ३०४ फिटको ‘स्ट्याच्यू अफ लिबर्टी’ नै सबैभन्दा ठूलो प्रतिमाको रुपमा स्थापित छ । 

हिन्दू धर्मावलम्बीका पुरुष पात्रका देवताको ठूल्ठूला प्रतिमा बनेको भएपनि महिला पात्रहरू शक्ति स्वरुपाको छुट्टै ठूलो प्रतिमा नबनेकाले प्रतिमा बने ‘गिनिज बूक अफ वर्ल्ड रेकर्ड’मा स्थापित हुने उनले बताइन् । ‘एउटा ग्लोब बनाउने, त्यस ग्लोबमा माथि ठूलो ५ फिटको धनुष उठाएको वीराङ्गना सीताको ठूलो प्रतिमा बनाउने छौं,’ उनले भनिन्, ‘त्यसपछि त्यहीँ एउटा संग्रहालय बनाएर त्रेताकालीन स्वयम्वरको सम्पूर्ण दृश्य देखाउने गरी ठूलो मूर्ति सहितको प्रतिमा बनाउने भिजन लिएर जनकपुर आएकी छु ।’ 

जनकपुरमा नै ‘मैथिली डिभा फाउन्डेसन’ संस्था दर्ता गराएर संस्थामार्फत काम गराउने लक्ष्य उनले लिएकी छन् । त्यसका लागि उनले रंगभूमि मैदानको स्वामित्व रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवसँग कुराकानी गर्नुका साथै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसँग समेत भेट गरिसकेकी छन् ।

‘भेटवार्तामा आफूले सुनाएको भिजनबाट मुख्यमन्त्रीज्यू अत्यन्तै प्रभावित हुँदै त्यसमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘मुख्यमन्त्रीज्यूले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालन गर्दै आएको अवस्थामा बेटीहरूको आइकोनिक पात्र सीताको प्रतिमा बने प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत बल पुग्नेछ ।’ 

मूर्ति स्थापनाका लागि २० करोड रुपैयाँसम्म लागत लाग्न सक्ने अनुमानसहित स्थानीय सरकारदेखि प्रदेश सरकार हुँदै नेपाल सरकारसम्मको स्वीकृति लिएर सन् २०२० भित्रमै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)देखि निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनी बताउँछिन् । प्रदेश सरकारले लगानी गरिदिए झनै राम्रो, नगरे स्थानीयदेखि अमेरिकामा रहेकासँग समेत सहयोग जुटाएर प्रतिमा बनाउने उनले बताइन् । 

सीताको प्रतिमा बने जनकपुरमा विदेशी पर्यटकको समेत संख्या बढ्ने उनले बताइन् । जनकपुरमा निर्माण कार्य सम्पन्न भएपछि जनकपुर जस्तै अमेरिकामा समेत सीताको प्रतिमा बनाउने लक्ष्य रहेको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x