×

Nic Asia
Dabur
Prabhu Bank

संस्कृति रक्षा

मिथिला संस्कृति फैलाउँदै जनकपुरकी चेली : सीताको १५१ फिटको मूर्ति बनाउने तरखर

जनकपुरधाम | माघ २५, २०७६

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जनकपुरकी चेली काजल कर्ण अमेरिकाका नागरिक बनेकी छन् । उनी अमेरिकाको टेक्सास शहरमा पति देवेन्द्रलाल कर्णसहित बसोबास गर्दै आएकी छन् ।

yONNEX
IME BANK INNEWS

उच्च शिक्षा अध्ययनका लागि सन् २००२ मा अमेरिकाको टेक्सास पुगेकी काजल अब अमेरिकाकै नागरिक बनेकी छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का कमल किशोर लाल कर्ण र अञ्जली किरणकी छोरी काजलले एसएलसी तथा प्रविणता तहको अध्ययन पूरा गरेर उच्च शिक्षा अध्ययनका लागि अमेरिकाको टेक्सास पुगिन् ।

अमेरिकामै उनले स्नातक तथा स्नातकोत्तरको अध्ययन पूरा गरेर व्यवसाय सञ्चालन गर्दै आएकी छन् । सूचना तथा प्रविधि पृष्ठभूमि रहेको व्यवस्थापन लगानी प्रणाली विषयमा स्नातकोत्तर उत्तीर्ण काजलको सन् २००४ मा बिहे भएपछि अमेरिकामा बसोबास गर्दै आएकी छन् । स्थायी बसोबास अनुमति पत्र (पीआर) समेत पाएकी उनको राहदानी पनि अमेरिकाबाटै जारी भएको छ ।


Advertisment
Lokantar App
Saurya island

काजल व्यवसाय र निजी सुखसयलमा मात्रै सीमित छैनन्, उनले अमेरिकामा मातृभूमि मिथिला तथा मातृभाषा मैथिलीको प्रचारप्रसार समेत गरिरहेकी छन् । अमेरिकामा मिथिला संस्कृतिको प्रचारप्रसार गर्न हरसम्भव प्रयास गरिरहेको उनी बताउँछिन् । मिथिलामा मनाइने हरेक पर्व, त्यौहार तथा संस्कृतिलाई अमेरिकामा पनि भव्य रुपले मनाउँदै आएको उनी बताउँछिन् । 

‘अमेरिकामा बसोबास गर्ने मैथिल समुदायलाई समेट्दै विदेशीका माझमा छठ, दीपावली, होली, दशहरा लगायतका प्रमुख पर्वहरू भव्यताका साथ मनाउने गर्छौं,’ काजलले भनिन्, ‘मैथिल पहिरनमा सजिएर मिथिला संस्कृति अनुसार हरेक पर्व मनाउँछौं ।’ सांस्कृतिक पर्वमा विशिष्ट मिथिला भोजन सहितको परिकार पनि पाक्ने गरेको उनले बताइन् ।

Vianet communication

‘हामी आफू पनि खान्छौं र विदेशीलाई पनि खुवाउने गरेका छौं । वर्षमा एक पटक वनभोज आयोजना गरिन्छ,’ उनले भनिन्, ‘त्यसमा विदेशी मूलका व्यक्तिलाई समेत आमन्त्रण गरिन्छ । वनभोजमा मिथिला भोजनको विशिष्ट पहिचान रहेको बरी, करी, तरुवा लगायत परिकार खुवाउने गरिन्छ ।’

काजलले सामाजिक सञ्जाल फेसबूकमा ‘मैथिली डिभा यूएसए’ भनेर फेसबूक पेज सञ्चालन गरेकी छन् । पेजमार्फत उनले मैथिली पहिरन र भोजपुरी नृत्य गरेर मिथिला तथा मैथिलीको प्रवद्र्धन गर्ने गरेकी छिन् । उनले कथककलि, साल्सा लगायतको नृत्य सिकेकी छन् तर मैथिली लोक गीत होस् वा संस्कृतिका गीतहरू नै किन नहोस्, उनले अत्यन्तै आकर्षक तरिकाले फेसबूक लाइभ आएर नृत्य गर्ने गरेकी छन् ।

‘मैले विभिन्न किसिमका नृत्यहरू सिकेकी छु तर म कुनै स्टेज प्रस्तोता पनि होइन,’ उनले भनिन्, ‘तर जब अमेरिकामा कुनै सांस्कृतिक महोत्सवको आयोजना हुन्छ, त्यहाँ मैथिली भाषाको गीतमा भने अवश्य नै मञ्चमै पनि नृत्य गर्ने गरेकी छु ।’ त्यसबापत उनले आयोजकसँग पैसा लिँदैनन् । उनी भन्छिन्, ‘पैसा दिएर मलाई कसैले पनि नृत्य गराउन सक्दैन ।’

अमेरिकामा उनले एउटा नारा नै दिएकी छन्, ‘मिथिला के नारी कत्बो मोडर्न तैयो संस्कारी, दुनियाँ के कोनो कोना मे रहे अपन मातृभाषा स जरुर प्रेम करी ।’ नारा अत्यन्तै लोकप्रिय भएको तथा मातृभाषा प्रतिको प्रेम मैथिली समुदायमा झन्झन् बढेको उनले बताइन् ।

अमेरिकामा मिथिला दिवस घोषणा गराउन सफल

काजलसहित अमेरिकामा बसोबास गर्ने मैथिली समुदायले मिथिला महोत्सवको आयोजना गर्ने गरेको छ । गत वर्ष सन् २०१९ मा पनि न्यूयोर्कमा महोत्सव आयोजना गरिएको थियो ।

अमेरिकामा रहेका मैथिली समुदायको निरन्तर पहल तथा प्रयासका कारण अमेरिकामा गभर्नरले १२ अप्रिललाई मिथिला दिवसको रुपमा घोषणा गरेका छन् । ‘अमेरिकन सरकारले पनि मिथिला दिवसको रुपमा घोषणा गरेको छ,’ उनले भनिन्, ‘अब प्रत्येक वर्ष १२ अप्रिलमा अमेरिकाको अलग–अलग प्रदेशमा मिथिला महोत्सव मनाउने छौं ।’ 

अमेरिकामा ५० वटा प्रदेश छन् । ती सबै प्रदेशमा मिथिला महोत्सव आयोजन गर्नुका साथै भविष्यमा अन्य देशमा समेत महोत्सव आयोजना गर्ने लक्ष्य रहेको उनी बताउँछिन् ।

जनकपुरमा १५१ फिटको सीताको प्रतिमा बनाउँदै

काजल जनकपुर आएकी छन् । उनले सीताको १५१ फिटको प्रतिमा बनाउने तरखर गरेकी छन् । रामायण कालमा सीताले ७ वर्षकै उमेरमा शिव धनुष उठाएकी थिइन्, त्यसैकारण सीताको वर चयन गर्नका लागि राजा जनकले सीता स्वयम्वर आयोजना गरेका थिए, भगवान् रामले धनुष उठाउँदा ३ टुक्रा भएको थियो र सीता–रामबीच विवाह सम्पन्न भएको थियो । त्यही वीराङ्गना योद्धा सीताको अद्वितीय मूर्ति त्रेताकालमा स्वयम्बर भएकै स्थान जनकपुरको रंगभूमि मैदान बारहबिघा मैदानमा बनाउने उनको लक्ष्य छ । त्यही लक्ष्यलाई साकार पार्न उनी हाल जनकपुर आएर पहल गरिरहेकी छन् ।

विश्वमा जहाँ पनि सीता र राम दुवैको साथसाथ मूर्ति वा प्रतिमा बनाइएको छ तर जनकपुर उनको माइत भएको कारण जनकपुरकी योद्धा सीताको छुट्टै १५१ फिटको मूर्ति बनाएर गिनिज बूक अफ वर्ल्ड रेकर्डमा प्रतिमालाई लेखाउने सपना उनले लिएकी छन् ।

अमेरिकाको न्यूयोर्क शहरमा बनेको ३०४ फिटको ‘स्ट्याच्यू अफ लिबर्टी’ नै सबैभन्दा ठूलो प्रतिमाको रुपमा स्थापित छ । 

हिन्दू धर्मावलम्बीका पुरुष पात्रका देवताको ठूल्ठूला प्रतिमा बनेको भएपनि महिला पात्रहरू शक्ति स्वरुपाको छुट्टै ठूलो प्रतिमा नबनेकाले प्रतिमा बने ‘गिनिज बूक अफ वर्ल्ड रेकर्ड’मा स्थापित हुने उनले बताइन् । ‘एउटा ग्लोब बनाउने, त्यस ग्लोबमा माथि ठूलो ५ फिटको धनुष उठाएको वीराङ्गना सीताको ठूलो प्रतिमा बनाउने छौं,’ उनले भनिन्, ‘त्यसपछि त्यहीँ एउटा संग्रहालय बनाएर त्रेताकालीन स्वयम्वरको सम्पूर्ण दृश्य देखाउने गरी ठूलो मूर्ति सहितको प्रतिमा बनाउने भिजन लिएर जनकपुर आएकी छु ।’ 

जनकपुरमा नै ‘मैथिली डिभा फाउन्डेसन’ संस्था दर्ता गराएर संस्थामार्फत काम गराउने लक्ष्य उनले लिएकी छन् । त्यसका लागि उनले रंगभूमि मैदानको स्वामित्व रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवसँग कुराकानी गर्नुका साथै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसँग समेत भेट गरिसकेकी छन् ।

‘भेटवार्तामा आफूले सुनाएको भिजनबाट मुख्यमन्त्रीज्यू अत्यन्तै प्रभावित हुँदै त्यसमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘मुख्यमन्त्रीज्यूले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालन गर्दै आएको अवस्थामा बेटीहरूको आइकोनिक पात्र सीताको प्रतिमा बने प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत बल पुग्नेछ ।’ 

मूर्ति स्थापनाका लागि २० करोड रुपैयाँसम्म लागत लाग्न सक्ने अनुमानसहित स्थानीय सरकारदेखि प्रदेश सरकार हुँदै नेपाल सरकारसम्मको स्वीकृति लिएर सन् २०२० भित्रमै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)देखि निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनी बताउँछिन् । प्रदेश सरकारले लगानी गरिदिए झनै राम्रो, नगरे स्थानीयदेखि अमेरिकामा रहेकासँग समेत सहयोग जुटाएर प्रतिमा बनाउने उनले बताइन् । 

सीताको प्रतिमा बने जनकपुरमा विदेशी पर्यटकको समेत संख्या बढ्ने उनले बताइन् । जनकपुरमा निर्माण कार्य सम्पन्न भएपछि जनकपुर जस्तै अमेरिकामा समेत सीताको प्रतिमा बनाउने लक्ष्य रहेको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

चैत ७, २०७९

चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज मंगलवार विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्...

फागुन २७, २०७९

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो । बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तज...

फागुन २७, २०७९

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

फागुन २९, २०७९

हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्...

चैत ३, २०७९

काठमाडौं — हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकार...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x