×

NMB BANK
NIC ASIA

गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरूले बताएका छन् । भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपाललको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ ।

Muktinath Bank

बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौं शताब्दी पूर्व नै छिमेकी चीनसहितका मुलुकमा विस्तार भएको विज्ञहरूले दाबी गरेका छन् । लुम्बिनीमा जारी बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सवमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले बुद्धको शान्ति सन्देशले नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा बोल्दै पूर्वशिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले बुद्ध शिक्षाले शान्ति सन्देश प्रवाहमात्रै नभई समुन्नत समाज निर्माणको दिशानिर्देश गरेको बताए । बौद्धकालीन समयमा रहेको जातीय विभेदको कटुआलोचक बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिने उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘बुद्धले अछुत जातकी चन्डालिकाले बोकेको पानी पिएर त्यसबारेमा उपदेश दिनुभएको थियो, समाज सुधारको त्यो निकै क्रान्तिकारी काम हो, अहिले त्यो सन्देशलाई अनुशरण गर्न आवश्यक छ,' उनले भने ।

Vianet communication
Laxmi Bank

प्राज्ञ गोपिरमण उपाध्यायले बौद्ध दर्शन र त्यसको विस्तारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कैयन धर्मअनुयायीहरूले विश्वका कुनाकुनामा बौद्ध दर्शनको विस्तार गरेको बताए । चिनिया बौद्ध यात्रीदेखि भारतीय, श्रीलंकन, नेपाली भिक्षुहरूले बौद्ध दर्शनको विस्तार र खोज अन्वेषण्मा महत्वपूर्ण काम गरेको उनले बताए ।

बौद्ध दर्शनलाई सरलीकृत गर्ने राहुल सास्कृत्यानदेखि अहिलेको पुस्तासम्मले अध्ययन र अनुसनधान गरिरहेको बताए । ‘दर्शनलाई सामाजसंग जोडेर विश्वलेषण र अनुसन्धान भइरहेको छ, यसले बौद्ध दर्शनको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,' उनले भने ।

चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले नेपाललाई विश्वमा चिनाउन धर्म नै पहिलो अस्त्र भएको बताए । ‘चीनको पुरानो राजधानी सियानमा बौद्ध धर्मको विस्तारसँगै नेपालको विषयमा चिनियाँ शासकले थाहा पाएका थिए,' उनले भने, ‘नेपालको सबैभन्दा पहिलो कूटनीति भनेकै बौद्ध धर्म थियो ।’ भृकुटी जस्ता नेपालीका कारण चीनसँगको कूटनीतिमा नेपालको सहयोग भएको उनले बताए ।

उनले आर्थिक कूटनीतिको आधार नै संस्कृति भएको बताए । 'संस्कृतिको उपज नै आर्थिक कूटनीति हो,' उनले भने, ‘जति सेल (बिक्री) गर्न सक्यो, त्यति फाइदा हुन्छ ।’ चीनमा बौद्ध धर्मको विस्तारमा पाँचौं शताब्दीमा ह्वेसाङ र सातौं शताब्दीमा फाहीयान आउनाले सहज भएको उनले बताए ।

अर्का पूर्वराजदूत खगनाथ अधिकारीले नेपालको पर्यटनको प्रमुख आधार भनेको बौद्ध धर्म भएको बताए । धर्मकै माध्यमले विश्वमा मुलुकले कूटनीति सम्बन्ध राख्न सक्ने भन्दै धर्म र कूटनीति एकअर्काका पर्याय भएको उनले बताए । उनले बौद्ध धर्मको कूटनीतिबाटै पर्यटनमा टेवा पुर्‍याउन सकिने बताए ।

‘थाइल्याण्डका कैयौं नागरिकहरू सिधै नेपाल घुम्न आउन चाहान्छन् तर स्तरीय सेवासहितको हवाई पहुँच छैन, जसकारण भारत हुँदै नेपाल आउनु पर्यटकको बाध्यता हो,' उनले भने,‘बौद्ध पर्यटक नेपाल भित्र्याउन भैरहवा नै आउन सक्ने गरी हवाई रूट तय गर्नुपर्छ ।’ उनले स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको सन्दर्भमा सीमाको अध्यागमनमा कडाई हुनुपर्ने बताए ।

वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले शान्तिवादी सञ्चारका लागि बुद्धका सन्देश महत्वपूर्ण रहेको बताए । अहिंसावादी सन्देशको उद्गम थलो नेपाल भएकाले त्यसको प्रर्वद्धनमा काम गर्नुपर्ने उनको भनाइ छ ।

पत्रकारितामा समेत अहिंसावादी विचारहरू प्रकट गर्नका लागि बौद्ध दर्शनको प्रभाव हुनुपर्ने उनले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा त्रिरत्न मानन्धरले बौद्ध दर्शन र विश्व शान्तिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै शान्ति सिद्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. गितु गिरीले प्रदेश ५ का पर्यटन उद्योगको सम्भावना केलाइन् ।

पुरातत्वविद् कोषप्रसाद आचार्यले तिलौराकोट उत्खनन् र भविष्यका चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरे । अर्का पुरातत्वविद् बसन्त बिडारीले प्राचीन तक्षशिला विश्वविद्यालयको महत्वको विषयमा कर्यपत्र प्रस्तुत गरे । प्याब्सनका दामोदर भुसालले मूल्यमा आधारित आजको शिक्षा विषयमा कार्यपत्र प्रस्तुत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x