×

NMB BANK
NIC ASIA

‘खेतबारीबाट दुःख गरी उब्जाएको अन्नबाली बाँदरले खाइदिने, महिला तथा केटाकेटीलाई आतंकित बनाउने, यतिमात्र कहाँ हो र बाँदर अचेल धन्सारमै छिर्ने गरेको छ ।’

Muktinath Bank

पोखराबाट दक्षिण दिशामा पर्ने २१ नम्बर वडावासीको नियमित गुनासो आइरह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब बाँदर धपाउने उपाय के त ?


Advertisment
Nabil box
Kumari

एउटै विकल्प–रुख काट्ने ।

Vianet communication
Laxmi Bank

पोखरा महानगरपालिका २१ नम्बर वडाका अध्यक्ष खगराज आचार्यले २०७६ माघ २४ मा आफ्नो हस्ताक्षरसहित यसरी सार्वजनिक सूचना जारी गरे ।

‘वडा २१ क्षेत्रभित्र बाँदर आतंकले गर्दा कृषकले उत्पादन गरेका बालीनालीमा तथा मानवलाई समेत क्षति पुगेको हुँदा उक्त क्षति न्यूनीकरण गर्न सबैले आ–आफ्नो आवादी, खेतबारी तथा खरबारीमा रहेका अनावश्यक रुखबिरुवाहरु नियमानुसार कटानी गर्नू ।’

रुख काट्ने सूचनापछि स्थानीय खुसी छन् । तर बाँदर धपाउनकै लागि रुखै काट्नुपर्ने हाँस्यास्पद तर्कको सर्वत्र टिप्पणी हुन थालेको छ ।

वन ऐन २७६ अनुसार सार्वजनिक ठाउँको रुख काट्न पाइँदैन । आफ्नै स्वामित्वमा रहेको रुख कटानीमा पनि महानगरपालिका र वन कार्यालयको स्वीकृति लिनुपर्छ ।

यस विषयमा वडाध्यक्ष आचार्यले भने, ‘सार्वजनिक ठाउँको काट्ने भनिएको छैन । बाँदर समस्या न्यूनीकरणका लागि वडावासीलाई आ–आफ्नो आवादी, खेतबारी तथा खरबारीमा रहेका अनावश्यक रुखबिरुवाहरु काट्न भनिएको हो । यसो गरी केही कम हुन्छ कि भन्ने विश्वास छ ।’ 

उनका अनुसार रुख काट्नका लागि वडाबाट सिफारिस लिएर तालुक अड्डा पोखरा महानगरपालिमा गई वन कार्यालयबाट स्वीकृति लिनुपर्नेछ ।

‘पहिलो बसाइँसराइ दर कम थियो । अहिले सेवासुविधा खोज्दै मानिसहरु सहर पसे । मानिसको जन्मदर कम हुँदै गयो । गाउँमा बस्ने मानिसको संख्या पातलिँदै गयो । उब्जनी कम छ । जसले रुख बढ्दै जाने, बुट्यान तथा झाडी फैलियो,’  वडाध्यक्ष आचार्य भन्छन्, ‘ बाँदर आंक रोक्न नयाँ प्रविधिको विकास भैसकेको छैन । स्थानीयको गुनासो सम्बोधन गर्न सार्वजनिक सूचना जारी गर्नुपरेको हो । यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।’

रुख कटानी हुँदैमा अन्नबाली खान बाँदर आउँदैन भन्नु उचित हो ? भन्ने प्रश्नमा वडाध्यक्ष आचार्य जवाफ दिन्छन्, ‘म ग्रामीण विकास पढेको व्यक्ति हुँ । गाउँमा के छ भन्ने सहरमा बसेकालाई थाहा छैन । अर्कै आँखाले हेरेर अनावश्यक टीका–टिप्पणी हुन थालेको सुनेको छु । मानिसहरु हैरान भैसके । खेतबारी त परैको कुरा घरभित्र थन्क्याएको अन्नबालीसमेत रहन छोड्यो ।’

वडाले यस किसिमको सूचना जारी गर्नुअघि विभिन्न टोल विकास संस्थाको भेलाले रुख काट्नुपर्ने निष्कर्ष निकालेको स्थानीयले बताउँछन् । ‘घर भित्र्याएको अनाज बाँदरले खोसेर खान्छ । एक्लै दुक्लै महिलालाई देखे झम्टिहाल्छ ,’ स्थानीयवासी भन्छन्, ‘हाम्रो प्रस्तावमा वडाले गरेको निर्णयमा खुसी छौं । अब केही कम हुन्छ कि ?’

बाँदर आतंकका कारण वर्षौपछि ठूलो हुने रुख काट्नुपर्ने वडाको निर्णयप्रति भने अधिकारकर्मीको आपत्ति छ ।

कास्की जिल्लाको उत्तर–पूर्व रुपा गाउँपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्याउने गरेको छ ।  गत वर्ष ५ सय बढी बाँदर नियन्त्रणमा लिई अन्यत्र लगेर छोडेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x