बिक्रमले ल्याए पञ्चेबाजा गीत 'गुन्द्रुक मस्यौरी' [भिडियोसहित]

गायक बिक्रम परियारले 'गुन्द्रुक मस्यौरी' बोलको पञ्चेबाजा गीत बजारमा ल्याएका छन् । 

आइतवार उनले आफ्नै यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । 


Advertisement

बिक्रम परियार र ममता कोइरालाको स्वर गरेको गीतमा बीबी अनुरागीले शब्द तथा संगीत भरेका हुन् ।

गीतलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका हुन् ।


Advertisement

गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । 

गीतको भिडियोमा पुजन घिमिरे र इन्द्र बस्नेतको अभिनय रहेको छ । 

बिक्रम परियारको 'चौतारीको बर' अत्यधिक रुचाइएको गीत हो । 

यो पनि पढ्नुहोस् :

भिडियो हेर्नुहोस् :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्