×

NMB BANK
NIC ASIA

इजरायलद्वारा प्यालेष्टिनी कृषि उपज निर्यातमा प्रतिबन्ध

माघ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलले प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाएको छ।

Muktinath Bank

प्यालेस्टाइनको अर्थव्यवस्था मन्त्रालयका  प्रवक्ता अज्मी अब्देल रहमानले जोर्डन हुँदै सबै प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय फेब्रुअरी ६ देखि लागू गरिसकेको जानकारी गराएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘इजरायली निर्णय जोर्डनतर्फको एलेन्बी सीमा पार गरेर हाम्रा किसानहरूको बिरूद्धमा लागू भइसकेको थियो, तर हामीलाई आज प्रतिबन्धका बारे आधिकारिक रूपमा सूचित गरिएको छ,’ उनले भनेका छन्।


Advertisment
Nabil box
Kumari

इजरायलले निर्यातमा प्रतिबन्ध लगाएका प्यालेसस्टनी सामानहरूमा जैतुनको तेल र जडिबुटी रहेका छन्। जस अन्तर्गत वार्षिक १० करोड अमेरिकी डलर मूल्य बराबरको कृषि उपजलाई इजरायल प्रवेशमा रोक लागेको रहमानले बताए।

Vianet communication
Laxmi Bank

यसपहिले प्यालेस्टिनी सरकारले तरकारी, फलफूल, खनिज पानी र शीतल पेयजस्ता इजरायली उत्पादनहरू आयात गर्नमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। गत सेप्टेम्बरमा प्यालेस्टाइन सरकारले मासुका लागि आयात गरिने इजरायली बाच्छाहरूलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै विवादको सुरूवात भएको थियो । बदलामा प्यालेस्टिनी सरकारले इजरायली ताजा तरकारी र फलफूलमा प्रतिबन्ध लगाइएको थियो।

‘इजरायलले पेरिस प्रोटोकलको लगभग सबै धाराको उल्लङ्घन गरिसकेको छ,’ अब्देल रहमानले भनेका छन्। ‘प्यालेस्टाइन र जोर्डनबीचको निर्यातमा इजरायललाई हस्तक्षेप गर्न दिइनु हुँदैन,’ उनले अगाडि भनेका छन्।

पेरिस प्रोटोकल सन् १९९४ मा इजरायल र प्यालेस्टाइन मुक्ति संगठनबीचको आर्थिक सम्बन्धलाई नियन्त्रण गर्नका लागि हस्ताक्षर गरिएको आर्थिक सन्धि हो। जसमा प्यालेस्टाइनहरुलाई इजरायलले बन्दरगाह र सीमा नाका स्वतन्त्र रूपमा उपयोग गर्न मिल्ने र दुबै पक्षले नियमित बैठकहरुमा सहभागिता जनाउने उल्लेख गरिएको छ।

यद्यपि दुई पक्षबीचको संयुक्त आर्थिक समितिले सन् २००० मा बैठक गर्न बन्द ग¥यो । तर इजरायलले त्यसपछि एकपक्षीयरूपमा आफु अनुकुलका घोषणा गर्दै आएको अब्देल रहमानले बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x