'प्यारासाइट'ले जित्यो सर्वोत्कृष्ट फिल्मको अस्कर अवार्ड

हलिउडको सर्वाधिक प्रतिष्ठित फिल्म पुरस्कार अस्कर यसपालि दक्षिण कोरियाली फिल्म प्यारासाइटले जितेको छ । 

नेपाली समयअनुसार सोमवार बिहान सम्पन्न अस्कर अवार्ड समारोहमा प्यारासाइटलाई वर्षको सर्वोत्कृष्ट फिल्म घोषणा गरिएको हो । फिल्मले कुल चारवटा अस्कर अवार्ड जितेको छ ।


Advertisement

दक्षिण कोरियाली निर्देशक बोङ जून–होले प्यारासाइट फिल्मका लागि सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । उनको फिल्मले अन्तर्राष्ट्रिय विधाको सर्वोत्कृष्ट फिल्म अवार्ड समेत हात पारेको छ । 

त्यस्तै जोकर फिल्मका लागि योआक्विन फिनिक्सले सर्वोत्कृष्ट अभिनेता, जुडीका लागि रेनी जेलवेगर, म्यारिज स्टोरीका लागि लाउरा डर्नले बेस्ट सपोर्टिङ याक्ट्रेस र वन्स अपन अ टाइम इन हलिउडका लागि ब्राड पिटले बेस्ट सपोर्टिङ याक्टरको पुरस्कार हात पारे ।


Advertisement

बेस्ट सिनेमाटोग्राफी १९१७ ले जित्यो भने बेस्ट एनिमेटेड फीचर टोय स्टोरी ४ ले हात पार्‍यो । 

सर्वोत्कृष्ट डकुमेन्टरी अमेरिकन फ्याक्टरीले जितेको छ ।
  
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्