×

NMB BANK
NIC ASIA

अपराधमा खुकुरीभन्दा बढी मोबाइलको प्रयोग, नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे

माघ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा इन्टरनेटको माध्यमबाट हुने साइबर अपराध बढेको छ । प्रविधिको पहुँच र विकाससँगै साइबर अपराध बढेको हो । यसअघि परम्परागत हातहतियार प्रयोग गरेर हुने अपराधका शृंखला अहिले बिस्तारै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका छन् ।

Muktinath Bank

इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जाल फेसबूक, ट्विटर, इन्स्टाग्राम, इमो, भाइबर, एटीम ह्याकिङ, बैंकिङ सफ्टवयर ह्याकिङ लगायतका अपराध बढेको प्रहरीको आधिकारिक तथ्यांकले बताउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७३/०७४ मा इन्टरनेटको माध्यमबाट भएका अपराधका १ हजार १९७ वटा मुद्दा महानगरीय अपराध महाशाखामा पुगेको तथ्यांक छ । अर्को आर्थिक वर्ष ०७४/०७५ मा २८५ बढेर १ हजार ४८२ र २०७५/०७६ मा १ हजार ९२८ वटा मुद्दा महाशाखामा परेका छन् । आर्थिक वर्ष २०७६/०७७ को पहिलो ६ महिनामा महाशाखाले ६३४ वटा मुद्दा चलाएको छ ।


Advertisment
Nabil box
Kumari

अपराध महाशाखाबाट दैनिक ३–५ वटा साइबर अपराधका मुद्दा चलाउने गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) सहकूल थापाले बताए ।

Vianet communication
Laxmi Bank

‘सूचना प्रविधिको विकाससँगै अपराधका घटनाको पुरानो शैली परिवर्तन भएको देखिएको छ । अहिले दिनानुदिन इन्टरनेटको माध्यमबाट हुने अपराधहरू बढेका छन्,’ प्रमुख थापाले लोकान्तरसँग भने ।

आर्थिक कारोबार सबैजसो बैंकबाट हुने भएकाले  बैंकिङ कसूर पनि बढेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीले बताए । 

‘साइबर अपराध नियन्त्रण गर्न साइबर अपराध अनुसन्धान ब्यूरो भनेर नेपाल प्रहरीले गत वैशाखदेखि छुट्टै ब्यूरो समेत खडा गरेको छ,’ उनले भने, ‘महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि साइबर अपराधको छुट्टै एउटा साइबर पिल्लर छ । केन्द्रीय अनुसन्धान ब्युरोमा पनि साइबर हेर्ने छुट्टै पिल्लरबाट नेपाल प्रहरीले काम गर्दै आएको छ ।’

इन्टरनेटको माध्यमबाट हुने आर्थिक अपराध ह्याकिङ, सामाजिक सञ्जाल फेसबूक, इन्स्टाग्राम, ट्विटर, भाइबर लगायतबाट हुने अपराध बढ्न सक्ने कुरालाई दृष्टिगत गरेर प्रहरी संयन्त्रलाई संरचनागत रुपमा विकास गरिएकोे नेपाल प्रहरीका डीआईजी थापा क्षेत्रीले लोकान्तरलाई बताए ।

‘साइबर अपराधलाई नियन्त्रण गर्न र कमी ल्याउनको लागि संरचनागत रुपमा नै विकास गरिएको छ,’ उनले भने, ‘सामाजिक सञ्जाल फेसबूक, ट्विटर, यूट्युब लगायतमा हुने अपराधलाई नियन्त्रण गर्न प्रहरीले आफ्नो तर्फबाट संरचना निर्माण गरेको छ ।’

बैंकिङ अपराध घटाउन र साइबर सुरक्षा बढाउन बैंक र सहकारीसँग समन्वय र छलफल गरिरहेको प्रवक्ता थापा क्षेत्रीले बताए ।

‘बैंक र सहकारीमा के कस्ता प्रकारका समस्याहरू हुन्छन् ? आर्थिक ठगी कसरी हुन सक्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर अन्तर्क्रिया र छलफल गरिराखेका छौं,’ डीआईजी थापा क्षेत्रीले लोकान्तरसँग भने, ‘विगत ३ वर्षको इन्टरनेटबाट हुने अपराधलाई हर्ने हो भने सामान्यतया १५ देखि २० प्रतिशत बढेको देखिन्छ । यसरी हेर्दा अपराध अझ बढ्नुपर्ने थियो । अझ मुलुकी अपराध संहितामा अपराधका तहको संख्या बढेको छ । यसले गर्दा प्रतिशतको आधारमा बढेको देखाउनुपर्ने हो तर यो वर्षमा अपराध हुने अनुपात ८ देखि ९ प्रतिशत छ । यसले के देखाउँछ भने पहिलाभन्दा परम्परागत अपराध घटेको देखिन्छ ।’

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराधबारे विभिन्न विद्यालय, समुदाय, कलेजमा जनचेतनामूलक कार्यक्रम समेत गरिरहेको छ ।

२० देखि ३० बर्ष उमरेका धेरै

महानगरीय अपराध महाशाखाको पछिल्लो ५ महिनाको तथ्यांकलाई हेर्दा २० देखि ३० वर्ष उमेर समूहका युवा संलग्न भएका ३०४ वटा मुद्दा दायर भएका छन् । यो अन्य उमेर समूहभन्दा धेरै हो । ३० देखि ४० वर्षका व्यक्ति संलग्न भएका १२६ वटा मुद्दा दायर भएका महाशाखाले जनाएको छ । २० वर्षमुनिका ७८ वटा मुद्दा छन् भने ४० वर्षमाथिका ५३ वटा मुद्दा दायर गरिएको छ ।

साइबर अपराधबाट पुरुषभन्दा महिला बढी पीडित भएको देखिएको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा महाशाखामा ३७६ जना महिला पीडित देखिएका छन् भने २५८ जना पुरुष पीडित छन् ।

फेसबूकमा धेरै अपराध

महाशाखाको तथ्यांक अनुसार सामाजिक सञ्जाल फेसबूकमा धेरै अपराधका घटना भएको छन् । आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा फेसबूकमार्फत अपराध भएका ५४७ वटा निवेदन परेका छन्, जसमा ५२ वटा फेसबूक म्यासेन्जरका छन् ।

यूट्युबका १२ वटा, इमोका १० वटा, इन्स्टाग्रामका १५ वटा, इमेल ह्याकका १७ वटा, भाइबरका ९ वटा, ह्वाट्स एपका ८ वटा, ट्विटरका ११ वटा निवेदन परेका अपराध महाशाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x