×

NMB BANK
NIC ASIA

जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड

माघ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ ।

Muktinath Bank

सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यीवधि पारित गरेको २ महिनापछि बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी नगरपालिकाले सामुदायिक विद्यालयमा प्याड वितरण कार्य शुभारम्भ गरेको हो । विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतवर नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम शुभारम्भ गरेका थिए ।

Vianet communication
Laxmi Bank

‘विभिन्न कारणले प्याड वितरण कार्यक्रममा ढिलाइ भएको थियो,’ उपप्रमुख रानाले भने, ‘बालअधिकार चेतना समूहबाट शुरू कार्यक्रम नगरपालिकाका २२ सामुदायिक विद्यालमा लागू हुनेछ ।’ सो नगरपालिकास्थित सामुदायिक विद्यालयका १ हजार ७८७ छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिए ।

महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ वटाका दरले महिनाको १६ वटा वितरण गरिने उनको भनाइ थियो । महिनाबारीको समयमा छात्राहरू विद्यालय नआउने समस्या समधानका लागि सरकारले थालेको अभियान सफल बनाउन नगरका सबै विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताए ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x