×

NMB BANK
NIC ASIA

कोरोना महामारी क्षेत्रबाट उद्धार गरिने नेपाली राख्न ‘क्वारेन्टाइन’ तयार [भिडियो रिपोर्ट]

माघ २८, २०७६

NTC
Sarbottam

Vianet communication
Laxmi Bank

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा सरकारले खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेको होस्टलमा नेपालीलाई राख्ने तयारी गरेको छ ।

सरकारी तयारीबीच स्थानीयले विरोध गरेका छन् । तालिम केन्द्र बस्तीको बीचमा भएकाले कोरोना संक्रमण फैलिने खतरा हुनसक्ने भन्दै स्थानीयले अरु नै सुरक्षित ठाउँमा राख्नुपर्ने माग गरेका छन् ।

चाँगुनारायण नगरपालिकाका राप्रपा नगर अध्यक्ष धनबहादुर तामाङले विद्युत् प्राधिकरणको तालिम केन्द्र आसपासका क्षेत्रमा बस्ती भएकाले कोरोना भाइरस सर्नसक्ने भन्दै अन्यत्र सुरक्षित स्थानमा क्वारेन्टाइन सार्न माग गरे ।

‘चाँगुनारायण नगरपालिकाको नगर सभाले खरिपाटीमा चीनबाट ल्याउन लागेका विद्यार्थी राख्न उपयुक्त ठाउँ नभएको र अन्यत्र सार्न सरकारलाई सुझाव समेत दिएको थियो,’ अध्यक्ष तामाङले लोकान्तरसँग भने ।

अध्यक्ष तामाङको चिन्तामा सहमत छिन् चाँगुनारायण नगरपालिका–४ खरिपाटीकी विमला तामाङ । उनले भनिन्, ‘सरकारले बस्तीबाट टाढा अन्यत्र स्थानमा क्वारेन्टाइन राख्नुपर्छ, यो ठाउँमा बस्ती छ, अरुलाई सर्छ कि भन्ने मनोत्रास छ ।’

चीनमा कोरोना भाइरसको त्रास बढेपछि नेपाली विद्यार्थीको आग्रह अनुसार सरकारले उद्धार गरेर ल्याउने तयारी गरेको छ । चीनमा कोरोना भाइरसबाट हालसम्म १ हजार बढी व्यक्तिको मृत्यु भएको र ४२ हजारभन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x