×

NMB BANK
NIC ASIA

‘भ्रष्टाचारले व्यक्ति धनी भए, राष्ट्र गरिब’

माघ २८, २०७६

NTC
Sarbottam
अख्तियारको २९ औँ वार्षिकोत्सवमा मङ्गलबार आयोजना गरेको समारोहपछि सामूहिक तस्वीरमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनलगायत । तस्वीर: कृष्ण दवाडी/रासस
Premier Steels
Marvel

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भ्रष्टाचारसम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन सक्नुपर्दछ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले सरकारी, राजनीतिक तथा निजी क्षेत्रले सूचना प्रवाह गरेर भ्रष्टाचार नियन्त्रणमा सघाउनुपर्ने बताउँदै आयोगले हालै जारी गरेको ६१ बुँदे सुधारका बुँदामध्ये प्रदेश सरकारसँग सम्बन्धित ११ बुँदाको कार्यान्वयन शुरु गरिएको जानकारी दिए।


Advertisment
Nabil box
Kumari

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुशासन स्थापना विना समृद्धि हासिल गर्न नसकिने भएकाले निर्णायक तहमा रहेको ‘स्वार्थको द्वन्द्व’ कारणबाट भ्रष्टाचारजन्य गतिविधिले प्रश्रय पाउने गरेको उल्लेख गर्दै विभिन्न निकायबाट प्रकाशित तथ्याङ्कबाट भ्रष्टाचार नियन्त्रणमा पछिल्लो समय सुधार देखिएको बताए।

Vianet communication
Laxmi Bank

पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अख्तियारलाई बलियो बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए।

आयोगको प्रदेश कार्यालय पोखराका निमित्त प्रमुख शम्भु मिश्रले पछिल्लो आवमा कूल उजुरीको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको बताउँदै माघ २३ गतेसम्मको तथ्याङ्कअनुसार चालू आवमा ३७२ तथा गत वर्षको जिम्मेवारी सरेका २८७ सहित कूल ६५९ उजुरीमध्ये २७४ पछ्र्यौट गरिएको तथा ३८५ अनुसन्धानमा रहेको जानकारी दिए।

कार्यालयका उपसचिव मेघनाथ रिजालले आयोगको रणनीति बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र संस्थागत सुदृढीकरणका कार्य सञ्चालन गरी भ्रष्टाचार नियन्त्रका कार्यअघि बढाइको उल्लेख गरे।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x