यी हुन् हलमा नआएका शाहरुखका फिल्म

बलिउड अभिनेता शाहरुख खानले थुप्रै सुपरहिट फिल्म दिएका छन्।

तर शाहरुखले अभिनय गरेका केही फिल्मले हलको मुखै देख्न पाएका छैनन्। उनले अभिनय गरेका झन्डै आधा दर्जन फिल्म कोही निर्माण पूरा नभई बन्द भएका छन् त कोही मुहूर्त गरेर अघि नबढेका पनि छन्।


Advertisement

अहमक : शाहरुख मुख्य भूमिकामा रहेको अहमक हल प्रदर्शनमै आएन। सन् १९९१ मा निर्माण भएको सो फिल्ममा शाहरुखका साथमा मिता वशिष्ठ र अयुल खान मुख्य भूमिकामा थिए।

रक्सः सन् २००१ मा शाहरुख खानले रक्स नामक फिल्मको सुटिङ गरेका थिए। फिल्ममा शाहरुखका साथमा अमिताभ बच्चन र जुही चावला मुख्य भूमिका रहे पनि रक्स प्रदर्शनमा आएन।


Advertisement

एक्ट्रिम सिटी : सन् २०११ मा बनेको एक्ट्रिम सिटी पनि शाहरुखको रिलिज हुन नसकेको फिल्म हो। यो हलिउडको फिल्म हो। फिल्ममा शाहरुख खानको साथमा टाइटानिक हिरो लियो नार्दो डी क्याप्रिकोले पनि अभिनय गरेका छन्।

किसिसे दिल लगाकर देखो : सन् १९९६ मा सुटिङ शुरु भएको किसिसे दिल लगाकर देखो पनि हल सम्म पुग्न पाएन। निर्माताले बेलैमा रकम व्यवस्था गर्न नसक्दा अड्किएको यो फिल्म दर्शकमाझ कहिल्यै नआउने पक्का छ। 

शिखर : सन् २०९५ मा केही दिन सुटिङ गरिएको शिखर फिल्म पनि दर्शकमाझ आउन पाएन। सुवास घईको निर्देशनमा बनेको शिखरको कथा अलिअलि हेरफेर गर्ने सल्लाह शारुखले दिएका थिए। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्