सुरक्षाले गरिन् खडगको प्रशंसाः भनिन्, ‘म तपाईँलाई फेसबुकमा फ्रेण्ड रिक्वइस्ट पठाउँछु’

नायिका सुरक्षा पन्त अहिले आगामी फिल्म ‘आमा’ को प्रमोशनमा व्यस्त छिन्।

यही क्रममा उक्त फिल्मका निर्देशक दीपेन्द्र के खनाल र नायिका पन्त ‘कमेडी च्याम्पियन’ मा पुगेका छन्।  आमा आगामी फागुन ९ गते रिलिज हुँदैछ। फिल्ममा सुरक्षाले कपाल खौरिएकी छन्।


Advertisement

कमेडी च्याम्पियनको मंगलबार राति प्रशारण भएको शृंखलामा पुगेका उनीहरुले कमेडियनहरू सुमन कार्की, खडगबहादुर पुनमगर र सुमन कोइरालाको प्रस्तुती हेरे।

सुरक्षाले तीमध्ये रोल्पाली कमेडियन खडगको खुलेरै प्रशंसा गरेकी छन्। 


Advertisement

खड्गले यो शृंखलामा जनयुद्धका घटना र अहिलेको राजनीतिक परिवेशलाई केन्द्रमा राखेर प्रस्तुत राखेका थिए।

उनको प्रस्तुतिपछि सुरक्षाले भनेकी छन्, ‘मलाई त तपाई (खडग) सिनेमामा हुनुपर्ने मान्छे जस्तो लागिराछ । कलाकारको झल्को आउँछ। तपाईँ आफैँमा हासोको प्रतिमूर्ति हो।’

उनी त्यतिमा रोकिनन्। र, भनिन्, ‘मेरो साथी बनिदिनु प¥यो, मलाई हसाइदिनु प-यो। म तपाईँलाई फेसबुकमा फ्रेण्ड रिक्वइस्ट पठाउँछु।’
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्