डब्ल्यूएचओले दियाे कोरोना भाइरसको नाम ‘कोभिड-१९’

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोभल कोरोना भाइरसको  औपचारिक नाम ‘कोभिड-१९’ दिएकाे छ।

डब्ल्यूएचओले चीनको हुवेइ प्रान्तमा पहिलो पटक सन् २०१९ मा देखा परेर फैलिएको उक्त भाइरसको औपचारिक नाम राखेको हो। 


Advertisement

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले भनेका छन्,‘कुनै ठाउँ‚ जनावर र समुदाय विशेषबाट प्रभावित नभइ भाइरसको नामाकरण गर्नुपर्ने भएकाले यस्तो नामाकरण गरेका हौँ। नयाँ नाम उच्चारण गर्न पनि सहज रहेको छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक खबर अनुसार कोभिड-१९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार नाघिसकेको छ
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्