×

NMB BANK
NIC ASIA

सुविधाभोगी नेतृत्व

प्रदेशमा १६% बढ्यो मुख्यमन्त्रीदेखि सभामुख र सांसदको तलब, अझै बढाउन दबाब

माघ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय निकायमा चालू आर्थिक वर्षबाट निर्वाचित पदाधिकारीको तलबसुविधा बढेको सिको गर्दै २ नम्बर प्रदेश सरकारले समेत मुख्यमन्त्री र सभामुख लगायत पदाधिकारी र सांसदको तलब १६% बढाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारले प्रदेश सरकार र प्रदेशसभा सांसददेखि पदाधिकारीसम्मको पारिश्रमिक १६ प्रतिशतले बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६ पुस १३ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट मुख्यमन्त्रीदेखि मन्त्रीसहित प्रदेशसभा सभामुख, सांसदसम्मको पारिश्रमिक बढाउने निर्णय गरिएको छ । २०७६ साउन महिनादेखि नै लागू हुने गरी बढेको तलब खुवाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि सांसददेखि सभामुखसम्मले बढेको तलबमान अनुसार नै पारिश्रमिक बुझेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले साउनदेखि पाउनुपर्ने बढेको ६ महिनाको तलब पुसमा एकमुष्ट प्राप्त भइसकेको र त्यसपछि वृद्धि भएको तलब नियमित रुपमा प्राप्त भइरहेको बताए ।

Vianet communication
Laxmi Bank

प्रदेशसभा सभामुख सरोजकुमार यादवको पुरानो पारिश्रमिक ५९ हजार रुपैयाँ थियो तर ९ हजार ४४० रुपैयाँ बढेर ६८ हजार ४ सय ४० रुपैयाँ पुगेको छ । उपसभामुख, विपक्षी दलका नेता तथा सत्तापक्षका सचेतकको पुरानो पारिश्रमिक ५७ हजार ८७० थियो तर अब ९ हजार १५५ रुपैयाँ बढाएर ६७ हजार २५ रुपैयाँ पुर्‍याइएको छ ।

संसदीय दलका नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र विभिन्न संसदीय समितिका सभापतिको पुरानो पारिश्रमिक ५६ हजार ४९० रुपैयाँमा ९ हजार ४० रुपैयाँ बढाएर ६५ हजार ५३० रुपैयाँ पुगेको छ ।

दलका प्रमुख सचेतक र सचेतकको विगतको पारिश्रमिक ५३ हजार रुपैयाँमा ८ हजार ४०० बढाएर ६१ हजार ४ सय रुपैयाँ पुगेको छ । प्रदेशसभा सदस्यको साविकको पारिश्रमिक ५२ हजार ६०० रुपैयाँमा ८ हजार ४२० रुपैयाँ बढाएर ६१ हजार २० रुपैयाँ पुर्‍याइएको छ ।

पदाधिकारीको पारिश्रमिक प्रदेश सरकारले नबढाएर संघीय सरकारले नै बढाएको मुख्यमन्त्री लालबाबु राउतले बताए । ‘संघीय सरकारले बजेटमा नै कर्मचारीहरू तथा त्यहाँ प्रतिनिधि सभादेखि राष्ट्रिय सभाका पदाधिकारीको पारिश्रमिक बढाए जस्तै यहाँ प्रदेशमा पनि पारिश्रमिक बढाउन पत्राचार गरेको थियो,’ मुख्यमन्त्री राउतले भने, ‘त्यही परिपत्र अनुसार पारिश्रमिक बढाउन हामीहरूले मन्त्रिपरिषद्बाट निर्णय गरेर बढाएको हो ।’ प्रदेश सरकारको चाहना वा स्वेच्छाले भने पारिश्रमिक नबढाएको उनले दाबी गरे ।

पदाधिकारीको पारिश्रमिक बढाउन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । ‘संघमा १८ प्रतिशत पारिश्रमिक बढेको छ तर हामीले १६ प्रतिशत मात्र पारिश्रमिक बढाएका छौं,’ उनले भने ।

संघजस्तै १८ प्रतिशत नै पारिश्रमिक बढ्नुपर्ने भनेर सांसदको दबाब रहेको मन्त्री यादवले बताए । प्रदेश सभाबाट पारित भएको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा बनेको विधेयकको अनुसूचीलाई मन्त्रिपरिषद्को बैठकबाट संशोधन गरेर वृद्धि गरिएको तलबमान अनुसार पारिश्रमिक खुवाइएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x