सिरियाली फौजलाई आक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन्।

आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन्।


Advertisement

सिरियाको इदलिब प्रान्तमा केही दिनदेखि दुई देशका सुरक्षाकर्मीका बीचमा विवाद तथा सङ्घर्ष चलिरहेको बेला राष्ट्रपतिकै चेतावनी आएको हो।  

उनले भनेका छन्, ‘यदि हाम्रा सुरक्षाकर्मीलाई असर पर्ने कुनै गतिविधि भयो भने हामी सहेर बस्ने छैनौँ, हामी उनीहरु विरुद्ध कडा रुपमा आक्रमणमा उत्रिन्छौँ।’ 


Advertisement

संसदमा आफ्ना सदस्य भएका नेताहरुलाई एउटा बैठकमा सम्बोधन गर्दै उनले सिरियालीहरुको आक्रमण सैह्य हुन नसक्ने बताए।

उनले विद्रोहीको सशक्त उपस्थिति र प्रभाव रहेको इदलिबमा गरिएको युद्ध विराम अन्त्यका लागि थप १२ वटा निगरानी चौकी स्थापना गर्न सिफारिस पनि गरिसकेका छन्। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्